CAN

म्याग्दीमा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार अपहरणमा

100

म्याग्दी, १८ वैशाख /म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीस्थित नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवार अपहरणमा परेका छन् । काग्रेसका उमेद्वार जसबहादुर पुनलाई अज्ञात समूहले अपहरण गरेको प्रहरीले जनाएको छ ।

पुनलाई भकेम्लीस्थित दुधे खोलाबाट आज अपरान्ह ५ बजेर ३० मिनेटको समयमा अपहरण गरिएको प्रहरीले जानकारी दिएको छ । पुनलाई कसले किन अपहरण गरेको हो भन्ने खुलेको छैन ।