मार्दी गाँउपालिकामा एमालेको उम्मेदवार चुनावी प्रचारमा

पोखरा, १६ बैशाख /कास्कीको मार्दिगाँउपालिकामा एमालेले चुनावी अभियानलाई तिव्र पारेको छ । एमालेले शुक्रबार मार्दी गाँउपालिका अन्र्तगत वडा नम्वर १० भाचोकमा उम्मेदवार परिचय एवं सभा सम्पन्न गरेको छ ।

मार्दी गाँउपालिका अध्यक्षका उम्मदेवार बेदबहादुर गुरुङ(श्याम)ले मार्दी गाँउपालिकाको विकासका लागि आफुलाई जिताउन जिताउन आग्रह गरे । उनले एमाले हारे मार्दी विकासमा पछाडी पर्ने बताउदै आफनो नेतृत्वको टिमलाई जिताउन आग्रह गरे । उनले मार्दी गाँउपालिकाको गुरुयोजना बनाएर अगाडी बढने बताउदै सडकहरुको स्तरन्नोति, एक घर एक धाराको अवधारणा ल्याएर खानेपानीको समस्या समाधान गर्ने बताए ।

नेकपा एमाले कास्कीका उपाध्यक्ष मनबहादुर गुरुङले विकास र समृद्धिका लागि एमालेलाई जिताउन आग्रह गरे । कार्यक्रममा एमाले मार्दी गाँउपालिका उपाध्यक्षका उम्मेदवार विष्णु माया पौडेल, वडा नम्वर ९ का उम्मेदवार मिनबहादुर गुरुङ, वडा नम्वर १० का अध्यक्षका उम्मेदवार कुलप्रसाद गुरुङ, निवाचन परिचालन संयोजक पदम पौडेल, एमाले स्थानिय नेताहरु बृहस्पती सापकोटा, हरिवोल गौतम, जसबहादुर गुरुङ, लगायतले एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

कमेन्टहरु
Loading...