लायन्स क्लव फेवा फुलबारीमा युवराज

पोखरा,२५ चैत्र /लायन्स क्लव अफ पोखरा फेवा फुलबारीको शनिबारको दिन भएको चुनावमा आगामि बर्ष २०१९÷२० को लागि लायन युवराज बोहोराको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।निर्वाचन संयोजक तथा निबर्तमान अध्यक्ष गोविन्द गौतमका अनुसार क्लबको प्रथम उपाध्यक्षमा छविलाल पौडेल, दितिय उपाध्यक्षमा कुन्दनराज शर्मा, तृतिय उपाध्यक्षमा संगिता पौडेल, सचिवमा गुरुप्रसाद पौडेल र कोषाध्यक्षमा टिकाराम कार्की चयन भएका छन् ।

क्लवका बर्ष २०१८÷१९ का अध्यक्ष सञ्जय बस्नेतको अध्यक्षता भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष शंकरबहादुर जि र मातृ क्लव लायन्स क्लव अफ पोखरा लेक सिटीका अध्यक्ष बालकृष्ण न्युरे एवं सचिव लक्ष्मण तिमिल्सीनाले मन्तब्य राख्नुको साथै क्लवले गरेको राम्रा कामहरुका चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...