पोखराको लेखनाथमा दुई ठाउँमा बम विस्फोट

पोखरा, ३० वैशाख /पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर ३१ मा दुई ठाउँमा बम विस्फोट भएको छ ।

लेखनाथाको माझी कुना र खोला बेसीमा रहेको आनन्द ज्याती माविमा रहको मतदान स्थल नजिकै बम विस्फोट भएको स्थानीयले जानकारी दिएका छन् ।

मतदान केन्द्र देखि करिब १ मिटर पर बम विस्फोट भएको स्थानीयको भनाई छ । आइतबार हुने मतदानलाई प्रभावित पार्ने उद्देश्यले विस्फोट गराएको हुन सक्ने प्रहरीको भनाई छ । ठुलो आवाज आउने गरि विष्फोट भए पनि कस्तो खालको बम हो भन्न थाहा नभएको स्थानीयको भनाई छ ।

कमेन्टहरु
Loading...