भकुण्डेमा लागू औषध सचेतना कार्यक्रम

पोखरा, ३२ जेठ/कास्कीको भकुण्डेमा लागू औषध विरुद्धको सचेतनामुलक स्कुल सम्पर्क तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्र बैदाम, शान्ति उमावि, भकुण्डे र हिमाली बाल कल्याण संरक्षण मञ्च, भकुण्डेको संयुक्त आयोजनामा उक्त एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका सहभागि विद्यार्थीहरुलाई लागू औषधका बारेमा जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी घनश्याम अर्यालले लागू औषधमा फसेका विद्यार्थीहरुलाई परामर्शद्वारा सुमार्गमा ल्याउन सकिने बताए । कार्यक्रममा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराका ब्यूरो प्रमुख प्रहरी निरिक्षक रबिन्द्र गुरुङ्गले लागू औषधबाट बाच्ने उपाय, यसको कानुनी उपचार लगाएतका विषयमा चर्चा गरेका थिए ।

अमृत भट्टराईले लागू औषधको प्रयोगबाट हुने असरका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष हिरु पुनको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा शान्ति उमावि व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारी, विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टराई, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णु भट्टराई लगाएतले लागूऔषधको प्रयोगबाट विद्यार्थीहरु टाढै रहन कार्यक्रममा सिकेका कुराहरुलाई व्यवहारमा लगाउन जोड दिएका थिए । कार्यक्रममा हिमाली बाल कल्याण संरक्षण मञ्चका प्रशासकिय अधिकृत कमल जिसिले स्वागत तथा विद्यालय संरक्षक सूर्यप्रसाद तिमिल्सीनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...