कश्यप ताल सरसफाई गरीने

पोखरा, २५ साउन /कास्कीकोटमा रहेको पौराणीक तथा ऐतिहासीक कश्यप ताल (ठुली पोखरी) जलकुम्भी तथा अन्य झारले फोहर भए पछि सरसफाई कार्यक्रमको आयोजना गरीएको छ ।

कश्यप ताल सरसफाई गरीने
कश्यप ताल सरसफाई गरीने

साउन २९ गते शनिवार कश्यप ताल – ठुलीपोखरी सरसफाई आयोजना गरीएको आयोजक हाम्रो कास्कीकोट फेस वुक ग्रुपका गौरव त्रिपाठीले जानकारी दिए ।  पछिल्लो समय तालमा देखीएको फोहोरले पर्यटकलाई पनि असर परेको र तालको दृश्य नै दिन प्रतिदिन कुरुप बन्दै गएकाले सरसफाई कार्यक्रम आयोजना गरीएको हो ।

समुन्दी सतह देखी करिब सत्रसय मिटर उचाईमा रहेको कश्यप ताल पौराणीक रुपमा पनि उतीनै महत्व रहेको छ । आवश्यक संरक्षण नभएकाले दिन प्रति दिन कश्यप ताल पुरीने खतरा वढ्दै गएको छ । सरसफाई कार्यक्रममा सभागीतालाई सवै स्थानीय क्लव आमा समुह र सामाजीक संघ सस्थाहरुमा आयोजक हाम्रो कास्कीकोट फेसवुक गु्रपले आह्वान गरेको छ ।

कमेन्टहरु
Loading...