कोरिया भाषा परिक्षामा उत्र्तिणका लागि पोखरामा सिप परिक्षा हुने

पोखरा, ७ असोज /कोरियामा रोजगारिमा जान अवेदन दिई भाषा परिक्षा उत्र्तिणका लागि लिईने २०१६ को सिप परिक्षा सेप्टेम्वर २८ तारिख देखि अक्टोवर ३ तारिख सम्म हुने भएको छ । जुन महिनामा संचालित ईपिएस कोरियन भाषा परिक्षामा सहभागी भई उतिर्ण भएका ३ हजार ५ सय १७ जनाले कोरियामा रोजगारमा जाने सुनिश्चिताका लागि सिप परिक्षामा सहभागी हुने पर्ने छ । भाषा परिक्षामा ५७ हजार १ सय २० जना सहभागी भएका थिए ।

सिप परिक्षा काठमाण्डौ र पोखरामा हुने छ । काठमाण्डौमा सेप्टेम्वर महिनाको २८ तारिख देखि अक्टेबर महिनाको ३ तारिख सम्म हुने ईपीएस सेण्टर नेपालका प्रतिनिधि कोरियन नागरिक किम की उकले जानकारी दिए । पोखरामा सेप्टेम्वर ३० देखि अक्टोवर ३ तारिख सम्म सिप परिक्षा संचालन हुने उनले जानकारी दिए । सन् २०१६ मा ६ हजार युवाहरु रोजगारका लागि यही प्रक्रियावाट कोरिया गईसकेको पनि उनले बताए ।

कोरियामा बिभिन्न १६ देशका कामदारहरु यही प्रक्रिया अन्तर्गत रोजगारकालागि जाने गर्दछन् । हाल सम्म नेपालबाट ३८ हजारको हाराहारिमा यो प्रक्रियावाट मात्र काममा गएको उकले जानकारी दिए । भाषाको हिसावले नेपाली युवाहरु अरु देशको भन्दा धेरै सक्षम रहेको उनले सुनाए ।

अव भाषामा भन्दा पनि सिप र कार्य क्षमतालाई आधार बनाएर कामदार छनोट गर्ने प्रक्रिया अघि बढेको उनले सुनाए । त्यसैले यही प्रक्रिया अन्र्तगत काममा जान चाहाने युवाले आफुले रोजेको काममा दक्षता हासिल गर्नु पर्ने छ । २०१९ देखि ईपीएस कामदार छनोटको बिधी पूर्ण रुपमा परिमार्जन भै छनोट गर्दा कोरियन भाषाको साथै , कार्य संपादन, क्षमता, शारिरिक क्षमता, कामको अनुभव लगाएतलाई आधार मनिने छ ।

भाषा जानेको आधारमा मात्र छनोट गर्दा दक्ष जनशक्ति बाहिरिने भएकोले यसो गर्नु परेको ईपिएस सेण्टर नेपालका म्यानेजर रामचन्द्र गिरिले जानकारी दिए । अव कामदार छान्दा पहिलो चरणमा कोरियन भाषा र क्षमता परिक्षा लिइने उनले बताए । दोस्रो चरणको परिक्षामा सिप परिक्षा र कार्यक्षमता परिक्षा लिईने छ । यसरी परिक्षामा सहभागीको अंकका आधारमा कामदार छनोट गरिने उनले सुनाए । ईपिएस परिक्षामा सहभागी हुन आवेदन दिन लामो लाइनमा बस्नु नपर्ने पनि उनले बताए । अनलाईन रजिष्टेश गर्ने प्रणाली अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

छनोट प्रणाली व्यवस्थित र सहज बनाउन नेपाल सरकार र ईपिएस लागि रहेको उनले सुनाए । सन् २०१९ सम्म यसकालागि चाहिने व्यवस्थित हल तयार गरि छनोट प्रणाली व्यवस्थित गरिने बताइएको छ । कागजमा आधारित आवेदन लगाएतका काम बन्द गरि कम्प्यूटरवाटै सबै काम हुने गरि तयारीमा लागिएको उनले बताए ।

नेपाल सरकारले ईपिएस कार्यक्रम अन्र्तगत कोरियामा काम गरेर फर्केका युवाहरुलाई नेपाल फर्के पछि नेपालमा पूर्नस्थापीत हुने कार्यक्रम ल्याउने पर्नेमा ईपिएस सेण्टर नेपालका प्रतिनिधि कोरियन नागरिक उकले जोड दिए । कोरियामा कामले खारिएका युवाले यहाँ फर्के पछि देशकालागि थप योगदान दिन सक्ने उनले बताए ।

कमेन्टहरु
Loading...