विद्यालयमा खाजा कार्यक्रम लागू भएपछि बढ्यो विद्यार्थीको संख्या

डोटी । आदर्श गाउँपालिका–६ गरीचौकामा रहेको कपिलास आधारभूत विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएपछि विद्यार्थीको संख्यामा वृद्धि भएको छ ।

यो विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीलाई दिवा खाजा दिन सुरु गरेपछि विद्यालयमा आउने विद्यार्थीको संख्या वृद्धि हुँदै गइरहेको हो । यो कार्यक्रम सुरु हुनुभन्दा पहिले विद्यालय उमेर समूहका धेरै बालबालिकाहरु घरमा नै बस्ने, विद्यालयमा भर्ना भएका विद्यार्र्थीको पनि नियमितता नहुने जस्ता समस्या थिए ।

दिवा खाजा कार्यक्रम सुरु भए पश्चात् बालबालिकाहरुको नियमितता हुनुका साथै विद्यालय उमेर समूहका सबै बालबालिकाहरु विद्यालयमा आउन थालेको प्रधानाध्यापक बलबहादुर बोहराले बताए ।

कमेन्टहरु
Loading...