कास्की जिल्ला अदालतका कर्मचारी धर्नामा

पोखरा, ७ चैत्र/कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता कटौती गरेको विरोधमा कास्की जिल्ला
अदालतका कर्मचारीले आइतबार अदालत बाहिर बसेर धर्ना दिएका थिए । विहान नौ
बजेबाट शुरु भएको धर्ना कार्यक्रम दिउँसो १ बजे सम्म चलेको थियो ।

धर्ना कार्यक्रम चैत्र १२ गते सम्म निरन्तर जारी रहने बताइएको छ । यस अगाडी सर्वोच्च
अदालत र महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत पाँचवटा ट्रेड युनियनले गत
फागुन २१ गते संयुक्त विज्ञप्ती र फागुन २८ गते संयुक्त अपिल मार्फत माग
पुरा गर्न ध्यानाकर्षण गराएका थिए ।

ध्यानाकर्षण गर्दा पनि माग सम्बोधन नभएको भन्दै चैत्र ५ गते पाँचवटा ट्रेड युनियनले नयाँ आन्दोलनको कार्यक्रम
सार्वजनिक गरेका थिए । आन्दोलनको केन्द्रिय कार्यक्रम अनुसार आइतबार देशैभर
धर्ना कार्यक्रम भएको हो ।

फागुन ३० गतेबाट एक हप्तासम्म कालोपट्टी बाँधेर विरोध तथा व्यापक प्रचार
प्रसार गर्दा समेत मागको विषयमा सम्बोधन नभएकोले धर्ना बस्नुपरेको
कर्मचारी बताउँछन् । चैत्र १२ गतेसम्म पनि यो मागको सुनुवाइ नभए चैत्र १४
गतेबाट सम्पुर्ण कार्य वहिस्कार गरी अनिश्चित काल सम्म धर्नामा बस्ने उनीहरुको
भनाइ छ । यसरी कर्मचारीहरु धर्नामा बस्दा अदालतमा पुग्ने सर्वसाधारण
सेवाग्राहिलाइ भने सास्ती भएको छ ।

कमेन्टहरु
Loading...