कास्कीमा भर्ना अभियानका लागि यस्तो योजना सार्वजनीक

पोखरा, २३ चैत /कास्कीमा भर्ना अभियानका जिल्ला शिक्षा कार्यालय कास्कीले यस्तो योजना सार्वजनीक गरेको छ ।
मिति ०७२।१२।१७ गते जिल्ला शिक्षा कार्यालय कास्कीमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको अध्यक्ष्तामा जिल्लाको शिक्षा क्षेत्रमा क्रियाशिल गैह्रसरकारी संस्थाहरु र जिल्ला शिक्षा कार्यालय कास्की विच आ।व। ०७२।७३ को कार्यक्रम, प्रगति समिक्षा र कार्यक्रम कार्यान्वयनमा आइपरेका समस्याहरु एवम् जिल्लाको शैीक्षक सुधार र भर्ना अभियान २०७२ सम्वन्धमा भएको बैठकका निर्णयहरु

१। शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सवै संघ संस्था र जिल्ला शिक्षा कार्यालयविच समन्वयात्मक क्रियाकलापलाई अगाडी वढाउने ।

२। भर्ना अभियान २०७३ लाई सफल पार्न सवै संघसंस्थाहरुले निम्न कार्यक्रम अगाडी वढाउने ।

3 आफ्नो कार्यक्षेत्रभित्र विद्यालय बाहिर रहेका बालबालिकाहरको पहिचान गरि विद्यालयमा भर्ना गराउने ।

4 विद्यालय उमेरका तर विद्यालय वाहिर रहेका बालबालिकाहरुका लागि जि।शि।का। कास्कीद्धारा कार्यान्वयन गर्न खोजिएको अस्थायी सिकाई केन्द्र सञ्चालनमा सहयोग, समन्वयर खोजि गर्ने ।

5 जिल्लाका विद्यालय बाहिर रहेका सवै बालबालिकाहरुलाई विद्यालय भर्ना गरि आधारभुत शिक्षामा पहुँचको सुनिश्चितता भएको जिल्लाको रुपमा घोषणा गर्ने कार्यक्रमलाई सफल पार्ने ।

6 भर्ना अभियान लगायत बालबालिकाको शिक्षा क्षेत्रमा सहयोग गर्न स्थानिय निकायलाई अनुरोध गर्ने ।

7 स्रोतव्यक्ति, विद्यालय निरीक्षक र विद्यालयलाई भर्ना अभियान २०७३ सफल पार्न परिचालन गर्ने गराउने ।

8 भर्ना अभियान २०७३ का लागि आवश्यक पर्चा, पोष्टर, रेडियो प्रसार सामाग्री, व्यानर तयार गरि स्रोतकेन्द्र र विद्यालयसम्म पुर्याउन जिशिका का सहायक जिशिअ को संयोजकत्वमा नेपाल हाउस कास्की, गोनेसा र गुड नेवर्स सदस्य रहेको एक समिति गठन गर्ने । सवै संस्थाको सहयोगमा प्रचार प्रसारको व्यवस्था मिलाउने ।

 

कमेन्टहरु
Loading...