कास्कीमा ढुंगाले हानेर एक जनाको हत्या, दुई जनाले भागेर ज्यान बचाए

पोखरा, १४ जेठ /कास्कीको माछापुच्छ्रे गाउँपालिकाा ७ ओखरबोटमा ढुंगाले हानेर एकजनाको हत्या भएको छ ।

माछापुच्छ्रे गाउँपालिका ७ ओखरबोटका ६५ बर्षिय सन्ते विकले स्थानीय ५२ बर्षका गोरे भनिने मानकाजी विकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

हत्या आरोपमा सन्तेलाई पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

जुवाइ नाता पर्ने मानकाजीलाई गाउँको बाटोमा छपनीले टाउँकोमा प्रहार गरेर हत्या गरेका थिए । छपनी प्रहारका बेला देखेका भतिजा सन्दिप विकले रोक्न खोजेका थिए ।

कास्कीमा ढुंगाले हानेर एक जनाको हत्या, दुई जनाले भागेर ज्यान बचाए
कास्कीमा ढुंगाले हानेर एक जनाको हत्या, दुई जनाले भागेर ज्यान बचाए

तर उनलाई पनि छपनी प्रहार गर्न गए पछि उनी भएका थिए । स्थानी विद्यालयमा पढाउने शिक्षिका पुनले पनि रोक्न खोज्दा उनलाई पनि प्रहार गर्न खोजेका थिए ।

विहान देखी नै रक्सीले मातेका सन्ते विकले आज म मार्निन्छु भन्दै हिडेको सन्दिपले बताए । झैझगडा भएको थाहा थिएन किन हत्या गरे थाहा भएन उनले भने ।

कमेन्टहरु
Loading...