कास्कीमा सवारी दुर्घटना हुदाँ १ जना घाईते

पोखरा, २ जेठ/माछापुच्छ्रे गाउँपालिका २ भुजुङखोलामा बाटो काट्ने क्रममा दुर्घटना हुदा एक जना घाइते भएकी छन् ।

ग८ प ७६७७ नम्बरको मोटर साईकलले सोही स्थान बस्ने ८ बर्षकी अनिता गुरुङलाई ठक्कर दिँदा घाईते भएकी छन् । उनको पोखराको फिस्टेल अस्पताल उपचार भएको छ ।

त्यसै गरि बागलुङ नगरपालिका १ रामरेखा पेट्रोल पम्प नजिकै मालढुङ्गाबाट बागलुङ तर्फ जादै गरेको ध१त ४६७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको ध १ प ८६८० नम्बरको मोटसाईकललाई ठक्कर दिएको छ ।

घटनामा परि मोटरसाईकल चालक बाग्लुङ नगरपालिका २ श्रीनगरटोल बस्ने २० बर्षिय विवश विक घाईते भई अञ्चल अस्पताल धवलागिरीमा उपचार भएको छ ।

कमेन्टहरु
Loading...