सांगीतिकको पाइरेसी रोक्न ‘कन्दरा’ व्यान्ड पेनड्राइभमा गीत

सागर राज तिमिल्सिना
पोखरा, २३ चैत/संगितमो भएको पाइरेसी हटाउन ‘कन्दरा’ व्यान्ड संगीत, समस्या र समाधानसहित सांगीतिक यात्रामा निस्कने भएको छ । पछिल्लो समय संगीतमा देखा परेको पाइरेसी, रोयल्टी समस्या, लगानीको प्रतिफल गुम्दै गए युवालाई चेतना जगाउन सांगीतिक यात्रा गर्ने लागेको हो ।

पत्रकार सम्मेलनमा कन्दार व्याडका मुख्य भोकलिष्ट विवेकसहित अन्य । तस्विर ः सागर राज तिमिल्सिना
पत्रकार सम्मेलनमा कन्दार व्याडका मुख्य भोकलिष्ट विवेकसहित अन्य । तस्विर ः सागर राज तिमिल्सिना

पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा व्यान्डका मुख्य भोकलिस्ट विवेक श्रेष्ठले संगीत पहिलेजस्तो अहिले नभएको र लगानी गुम्दै गएको अवस्थामा यावत समस्याको समाधान खोज्दै सम्पूर्णलाई सचेतना गराउन पहिलो पटक यस्तो यात्रामा निस्कन लागेको जानकारी दिए । उनका अनुसार यो यात्रा २८ चैतमा पृथ्वीनारायण क्याम्पस पोखराबाट सुरु हुनेछ । सांगीतिक यात्राअन्तर्गत देशका १७ ठाउँमा यसबारे छोटो अन्तक्र्रियासहित कन्सर्ट हुनेछ ।

पोखरामा हुने कार्यक्रमलाई अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसले व्यवस्थापन गरेको मनकुमार श्रेष्ठले बताए । कन्सर्ट करिब २ घण्टाको मात्र हुनेछ । हाउस अफ प्रोडक्सन एण्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने यात्रामा कन्दराले ५ हजार ५८७ मिटर उचाईको मर्दी हिमाल प्रचारको लागि कभरिङ गरेको छ । विवेकले पाइरेसी न्यूनीकरणका लागि आफूहरुले पहिलो पटक पेनड्राइभमा गीत दिने बताए । “एकताका हाम्रो एल्बम १ लाख भन्दा बढी प्रति बिक्थ्यो” विवेकले भने, “अहिले क्यासेट हराउँदै जाँदा सिडीबाट पनि गीत सुन्न छोडिएकोले समयअनुसार पेनड्राइभको विकल्प खोज्न थालिएको हो ।” यसले केही हदसम्म पाइरेसी रोक्न मद्दत पु¥याउने उनको विश्वास छ । गीत कपि गर्न नमिल्ने गरी उक्त पेनड्राइभ कम्तिमा २ सय रुपैयाँमा किन्न पाइनेछ ।

सन् १९९२ मा स्थापित कन्दरा व्यान्डले लोकपप संगीत स्थापित गर्न मार्गदर्शक भूमिका खेलेको छ । लेककी हे माया…, हङकङ पोखरा…, तगारोमा रुमाल राखी….,तिमी पारी त्यो गाउँमा…., विदेशिएर गइन् उनी.., चंचले कान्छीको जोवान…., डाडाँपारी….. लगायत कन्दराका मर्मस्पर्शी गीत हुन् । व्यान्डका अधिकांश सदस्य विदेशिएपछि लामो समय सिर्जनामा खडेरी प¥यो । भोकलिस्ट विवेक १२ वर्षे वैदेशिक जीवनबाट फर्केपछि ३ साता अघिमात्र कन्दरा–५, भेडीगोठैमा एल्बम बजारमा आएको छ । व्यान्डमा अहिले विवेक श्रेष्ठ, सुनिल थापा, बुद्धराज बज्राचार्य, अमित गुरुङ, अशिम शेरचन, मानिकमान सिह, सुन्दर महर्जन छन् ।

कमेन्टहरु
Loading...