पाठेघरको क्यान्सर सम्वन्धी वृहत सचेतना तथा परिक्षण शिविर

पोखरा, ५ असार /सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामा पोखरामा पाठेघर तथा स्तन क्यान्सर सम्वन्धी सचेतना तथा स्वास्थ परिक्षण कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा ५ सय ८५ जना महिलाहरुले क्यान्सर सम्वन्धि दुई मिनेटमै रिपोर्ट थाहा पाइने नयाँ प्रविधि भिआइए परिरक्षण गराएका छन् ।

छ सय भन्दा वढी महिलाहरुलाई स्वास्थ सम्वन्धी प्रशिक्षण तथा ४० जनालाई छुट्टै परामर्श गरिएको थियो । महिलाहरुमा दिनानुदिन पाठेघर तथा स्तन क्यान्सर सम्वन्धि वढ्दै गएको समस्यालाई मध्यनजर गर्दै संस्थाले स्वास्थ सचेतना अभियान अन्तरगत उक्त कार्यक्रम आयोजना गरेको अभियानका संयोजक सुष्मा पौडेलले वताइन् ।

सिएस् क्लिनिकको प्राविधिक सहयोग तथा पोखरा उपमहानगर पालीकाको सहयोगमा संचालीत शिविरमा एक सय भन्दा वढी लक्षीत वर्ग, पत्रकार, प्रहरी लगायतका महिलाहरुलाई निशुल्क स्वास्थ परिक्षण गरिएको कार्यक्रम संयोजक सरस्वती अधिकारीले जानकारी दिएकी छन् ।

पाठेघरको क्यान्सर सम्वन्धी वृहत सचेतना तथा परिक्षण शिविर
पाठेघरको क्यान्सर सम्वन्धी वृहत सचेतना तथा परिक्षण शिविर

कार्यक्रममा भरतपुर क्यान्सर हस्पीटलका वरिष्ठ स्त्री तथा क्यान्सर रोग विषेशज्ञ डा विजयचन्द्र आचार्यको नेत्तृत्वमा आएको ५ जनाको टोलीले स्वास्थ जाच गरेको थियो । साथै ५ जना पोखराका नर्शले सेवा गरेका थिए । डा आचार्यले स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर वारे सहभागिलाई प्रशिक्षण समेत दिएका थिए । भने संयोजक पौडेलले उत्प्रेरणामुलक प्रशिक्षण दिएकी थिइन् ।

सम्पन्न कार्यक्रममा कार्यक्रममा स्वागत मंतव्य कार्यक्रमका सह संयोजक अञ्जु केसीले व्यक्त गरेकि थिइन् भने कार्यक्रमको सञ्चालन अभियानका सदस्य पवित्रा केसीले गरेकी थिइन् । कार्यक्रममा डा कालु शर्मा, पोखरा उपमहानगर पालीकाका वरिष्ठ अधिकृत ओमराज पौडेल, अधिकृत दुर्गा न्यौपाने लगायतले सरकारले गर्नुपर्ने कार्य संस्थाले गरेको भन्दै प्रशंसा गरेका थिए ।

कास्कीका विभिन्न क्षेत्रका महिलाहरुको सहभागितामा गठन भएको अभियानले यसभन्दा अगाडी वृहत सद्भाव ¥याली, नाकावन्दी विरुद्ध ¥याली, वैकल्पीक उर्जा सम्वन्धी प्रशिक्षण, ट्राफिक नियम सम्वन्धी प्रशिक्षण, पहाड तराई विचको सद्भावका लागि रौतहटका विपन्न वर्गलाई कम्वल वितरण, मातातिर्थमा वृद्धाआश्रममा खाना खुवाउने कार्यक्रम, स्याङ्जका अग्नि पिडितलाई कम्वल वितरण कार्यक्रम , विन्धवासीनिका माग्न वस्नेलाई खाना खुवाउने कार्यक्रम, गाईघाट संरक्षणका लागि सरससफाई तथा ध्यानाकर्षण कार्यक्रम , श्रमिक वालवालिका तथा सडक वालवालिका व्यवस्थापनमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया तथा ध्यानाकर्षण कार्यक्रम लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कमेन्टहरु
Loading...