सरकारले सिके राउतसँग गरेको सम्झौता रहस्यपूर्णः कमल थापा

पोखरा, २९ फागुन /राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले सिके राउतसँग गरेको सम्झौता विवादास्पत र रहस्यपूर्ण रहेको बताएका छन् । बुधबार, मेची – महाकाली यात्राको क्रममा पोखरा आई पुगेका उनले यस्तो बताएका हुन् ।

सम्झौतामा सिके राउतले स्वतन्त्र मधेस वा बिखण्डनको एजेण्डा परित्याग गरेको नपाइएको उनको भनाई छ । ‘सम्झौतामा उल्लेख गरिएका सबै कुराहरु अमुर्त, दुई अर्थ लाग्ने र विवादास्पत छन्,’ उनले भने ।

सरकारले सिके राउतसँग गरेको सम्झौताको मसि सुक्न नपाउँदै भोलिपल्ट जनकपुरमा बडो उग्र रुपमा देश टुक्र्याउँने नारा, ब्यानर र प्ले कार्ड लिएर प्रदर्शन गरेको उनले उल्लेख गरे । गुरिल्ला जस्ता देखिने व्यक्तिले हतियार समेत लिएको देखेको उनको भनाई छ ।

विप्लबको प्रसगं उल्लेख गर्दै अध्यक्ष थापाले विप्लबको बिद्रोह राज्य व्यवस्था विरुद्धमा भएको उनको भनाई छ । विप्लबको बिद्रोह राज्य व्यवस्थाको विरुद्ध हुँदा हुँदै पनि संविधान भन्दा बाहिर रहेर युद्धको तयारी गरेको देखिने उनले सुनाए । पार्टीको दृश्टिकोणमा विप्लबले हिंसा छोड्नु पर्ने र सरकारले दमनको नीति छोड्नु पर्ने उनको भनाई छ ।

जनतालाई जागरुक बनाउँन र राज्यलाई दबाब दिन स्वाभीमानी मेची महाकाली यात्रा सुरु गरेको उनले सुनाए । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन आँफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिन्दु राष्ट्र पुनस्थापना लगायतका २२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको र त्यो माग फागुन मसान्तसम्म पुरा नभएमा चैत महिनादेखि हिन्दु राष्ट्र पुनस्थापना गराउँनका लागि जनसँघर्षमा जाने उनले बताए ।

कमेन्टहरु
Loading...