जोजिजू म्यूजिकल जर्नीमा पत्रकार बाँस्तोला र सस्कृतिकर्मी श्रेष्ठ सम्मानित

पोखरा, १३ असोज/ पोखरा रानीपौवामा रहेको जोजिजू म्यूजिक सेन्टर तथा म्यूजिक स्कुलको आयोजनामा जोजिजू म्युजिकल जर्नी २०७६ को साथमा दुई जना श्रष्ठालाई सम्मान गरेको छ । अग्रज सङ्गीत तथा सस्कृतिकर्मी कृष्ण बहादुर श्रेष्ठ र अग्रज पत्रकार कृष्ण प्रसाद बाँस्तोलालाई अवसरमा सम्मानन गरिएको हो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, अन्य अतिथी अग्रज साहित्यकार सरुभक्त श्रेष्ठ, संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, स्कुलका संरक्षक योगमाया जोजिजू, निर्देशक एवं गायक विनित जोजिजूले सम्मान—पत्रको साथमा दोसल्ला, फुलमाला तथा अविर लगायर सम्मान गरिएको थियो । श्रेष्ठलाई सङ्गीत तथा सस्कृतिको क्षेत्रमा र बास्तोलालाई पत्रकारिताको क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुराएको भन्दै म्युजिक जर्नीको अवसरमा सम्मान गरिएको स्कुलले जनाएको छ ।

मोहरियाटोल निवासि श्रेष्ठ नेपाल राष्ट्र बैंकका विबृत्त अधिकृत समेत हुन भने उनले नेपाली सङ्गीत तथा सस्कृतिकको क्षेत्रमा विगत ३ दशक देखि लाग्दै आएकाछन्। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष आर्दश समाजका प्रधान सम्पादक बाँस्तोला विगत साँढे दुई दशक देखि पत्रकारिता गर्दै आएकाछन्।

“संगीतको उत्थान हाम्रो दायित्व, कला र प्रतिभाको पहिचान हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना भएको उक्त कार्यक्रमको अवसरमा स्कुलका प्रशिक्षक प्रशिक्षार्थीहरुले बिषेश प्रस्तुती राखेको स्कुलका ब्याबस्थापक सानु जोजिजूले बताइन् । उत्प्रेम म्युजिक एकेडेमीको सह—आयोेजनामा पोखरा उद्योग बाणिज्य संघको सभाहलमा घटस्थापनाको दिनमा बिशेष सांगीतिक, सांस्कृतिक कार्यक्रमको साथमा कम उमेरमा ड्रमसेट बजार विश्व कृर्तिमान कायम गरेका उत्प्रेम जोजिजूलाई समेत सम्मान गरिएको थियो ।

जन्मदिनको अवसरमा उनले आइतबार कार्यक्रममा बिशेष प्रस्तुती राखेका थिए । कार्यक्रममा बोल्दै सभामुख अधिकारीले नेपाली कला, संस्कृति संरक्षणमा जोजिजू परिवारले पुराएको योगदानको पं्रशम्सा गर्दै नेपाली कला र संस्कृति विना देशको अस्तित्व संकटनमा पर्ने जनाए ।
स्कुल १७ औ बर्ष पुगेको अबसरमा आयोजित कार्यक्रममा संचारकर्मी एवं गायक सन्तोष बस्याल, प्राप्ती धुलाचन लगायतले प्रस्तुती राखेका थिए ।

हिमाली सांस्कृतिक परिवार, सुस्मिता डान्स सेन्टर, हार्मोनीक ग्रुप लगायतको सहयोग रहेको गायक जोजिजूले बताए । विकास मगरले कार्यक्रममा क्यारीकेचर प्रस्तुती गरेका थिए । दशैं पर्वलाई लक्षित हुने गरी माल्श्री धुन प्रस्तुतः गरिएको थियो । भायोलिनमा सानो जोजिजू, गितारमा नेसन पुन, प्रदीप ठकुरी, कि वोर्डमा करण तामाङ, प्याडमा विमल गायक, तलवामा उत्प्रेम जोजिजूले प्रस्तुती गरेका थिए ।

कमेन्टहरु
Loading...