पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा जनकराज पराजुलीको उम्मेद्धवारी घोषणा

पोखरा, १३ भदौ/पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाधिवेशन नजिक आइरहेको बेला उम्मेद्धवार घोषणा गर्नेहरुको बढ्दै गएका छन् ।

जनकराज पराजुली
जनकराज पराजुली

पोखरा ७ मासबारका युवा उद्यमी जनकराज पराजुलीले कोषाध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका छन् । पराजुलीको पोखरा ५ मा रहेको पराजुली इम्पोरीम, पोखरा ७ मा रहेको पराजुली किनार पसल र हेम्जामा कृषि फर्मका सञ्चालक हुन् ।

जनप्रिय बहुमुखी क्याम्पसमा कोषाध्य भई सकेका पराजुलीलाई कोषाध्यक्षको अनुभव भएका कारण वाणिज्य संघमा पनि उत्कृष्ट काम गर्ने पराजुलीको भनाई छ । पराजुली कपडा व्यवसायीक एशोसियन कास्कीका पुर्व अध्यक्ष, सहकारी र गाई फर्मका अध्यक्ष छन् ।

विभिन्न वित्तिय संस्थामा आवद्ध पराजुलीले सामाजिक संघ संस्थामा पनि त्यतिकै आवद्ध छन् । व्यवसायीक हकहितका लागि आफ्नो उम्मेद्धवारी रहेको दाबी गर्ने पराजुलीले युवा अवस्थामै सफल व्यवसायीको रुपमा रहँदै आएका छन् ।

कमेन्टहरु
Loading...