इन्सेकद्धारा ध्यानाकर्षण पत्र

पोखरा, ८ जेठ/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङ्जा स्थित विभिन्न शिक्षा, स्वास्थ्य, खाद्य तथा कृषिका सवालमा सम्बन्धित निकायलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

गत वैशाख २४ र २५ गते फेदिखोला गाउँपालिका जननिर्वाचित प्रतिनिधि र मानवअधिकार निगरानी समहुका सदस्यहरूलाई प्रदान गरिएको तालिमका उठेका शिक्षा, स्वास्थ, खाद्य र कृषि सम्बन्धित समस्यालाई समाधानका लागि ध्यानाकर्षणपत्र बुझाइएको इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिव खकुरेलले जानकारी दिए ।

जेठ ६ गते फेदिखोला गाउँपालिका, जिल्ला समन्वय समिती र जिल्ला प्रशासन कार्यालयमा मानवअधिकार निगरानी समुह र इन्सेकले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाईएको खकुरेलले बताए ।

पत्र बुझ्दै स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले धेरै अधिकारहरू स्थानीय तहमा गैसकेको बताउँदै आफ्नो क्षेत्रबाट गर्नुपर्ने पहल पुरा गर्नका लागि आफु प्रतिबद्धत रहेको बताए ।

फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले तालिम निकै महत्वपूर्ण र प्रभावकारी रहेको बताउँदै उठेका समस्याहरूलाई न्युनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पत्र बुझाउँदै मानवअधिकार निगरानी समुह, फेदीखोलाका सदस्य नेत्र नारायण गौतमले गाउँपालिकामा देखिएका समस्याहरूलाई सबैले आ–आफ्नो क्षेत्रबाट समाधानका लागी पहल गरिदिन आग्रह गरे ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेट निर्माणमा गाउँपालिका भित्र देखिएका समस्याहरूलाई सम्बोधन हुने गरि समेट्न आग्रह गरे ।
ध्यानाकर्षणपत्रमा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका विषयमा समुहगत छलफल पछि गाउँपालिका भित्र देखिएका शिक्षा, स्वास्थ्य , खाद्य तथा कृषि सम्बन्धी समस्याहरूको समाधानका लागी सम्बन्धित निकायको प्रयास र सहयोगको लागि अनुरोध गरिएको थियो ।

सोही क्रममा टोलीले जिल्लाको मानवअधिकारको विषयमा समेत जानकारी लिएको थियो । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका एसपी नविन कृष्ण भण्डारीले जिल्लाको पछिल्लो मानवअधिकारको अवस्थाका बारेमा जानकारी दिँदै मानवअधिकारका विषयमा आफुहरू संवेदनशिल रहेको बताए ।

भण्डारीले जिल्लामा पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि भैरहेकोे जानकारी दिए ।
२७ जना क्षमता रहेको हिरासतमा हाल ११ जना आरोपित रहेको जसमध्ये ४ जना नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ता रहेको घिमिरेले जानकारी दिए ।

कमेन्टहरु
Loading...