भारत–चीन सिमा विवादः सेनाबीच दिनभर घम्साघम्सी

पोखरा, ७ भदौ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भचिरहेका बेला दुई देशका सेनाबीच झडप भएको छ ।

भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो । भारतको लद्दाख छेउको पागंग तालनजिक दुई देशका सेनाबीच झडप भएको बुधबार दिनभर चलेको भारतीय सञ्चार माध्यमले जानएका छन् ।

१३४ किलोमिटर लामो तालकोे उत्तरी किनार नजिक चीन र भारतबीचको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) क्षेत्रमा झडप भएको बताइएको छ ।

तालको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा रहेको छ । आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।

कमेन्टहरु
Loading...