‘हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २’ की विजेता कविता थाईल्याण्ड तर्फ प्रस्थान गर्दै

पोखरा, १४ कात्तिक/ हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ की विजेता कविता पौडेल थाइल्याण्ड ट्रिपका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् । कविता एक्लै नभई आयोजक टोली सहित थाइल्याण्ड गएकी हुन् ।

टोलीमा हस्पिटालिटी नेपाल कन्टेस्टको प्रमुख सल्लाहकार, पर्यटन युवा व्यावसायी सोबित पौडेल, आयोजक एपी इन्टरटेन्मेन्ट प्रा.लिका प्रबन्ध निर्देशक अर्जुन पाण्डे, कोरियोग्राफर सुरज थापा र हस्पिटालिटी नेपाल कन्टेस्टकी कार्यक्रम संयोजक सृष्टी आचार्य रहेका छन् । टोली पोखराबाट प्रस्थान गरिसकेको छ ।

हालै सम्पन्न कन्टेस्टमा पोखरा बिरौटाकी १९ वर्षीया कविताले उपाधि जितेकी थिईन् । उपाधि जितेसँगै उनले पुरस्कार स्वरुप थाइल्याण्ड ट्रिप गर्ने मौका पनि पाएकी हुन् ।  फलस्वरुप पूर्व सहमतिअनुसार स्काई लर्ड ट्राभल एण्ड टुर्स, काठमाण्डौको प्रायोजनमा प्रतियोगिता विजेतालाई थाइल्याण्ड जाने अवसर मिलेको एपी इन्टरटेन्मेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जनाए ।

टोलीले एक हप्तासम्म बैंकक लगायतका शहरका पर्यटकीय गन्तव्यहरुमा घुमघाम गर्ने छ । यस्तै, प्रतियोगिताका अन्य विजेताहरु भने सिक्किम भ्रमणका लागि भोली त्यसतर्फ प्रस्थान गर्र्न लागेको पाण्डेले जानकारी गराए । पानारोमा टुर्स एण्ड ट्राभल्सले यो व्यवस्था गरेको उनले बताए ।

उनका अनुसार सिक्किम जाने टोलीमा फस्र्ट रनरअप पोखरा छोरेपाटन निवासी पोखरा लिंकन कलजेमा अध्ययनरत २१ वर्षीय विश्वदीप थापा, सेकेण्ड रनरअप बुटवलकी रुबी रानामगर, थर्ड रनरअप लेकसाईड निवासी पोखरा टेक्नीकल स्कुल (सिटिईभिटी) अध्ययनरत २० वर्षीय उज्वल बहादुर कार्की रहेका छन् । यस्तै, पब्लिक च्वाईस् विजेता नुर पुन पनि टोलीमा रहनेछन् ।

कमेन्टहरु
Loading...