हेमजा साहित्य प्रतिष्ठानको कबिता प्रतियोगिता

पोखरा, ५ जेठ/हेमजा साहित्य प्रतिष्ठानले २५६३ औ बुद्ध जयन्तीको अबसरमा आयोजित कबिता प्रतियोगिता तथा १९३ औ शुभप्रभात काब्यमाला शनिबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतन्त्र पत्रकार सघं कास्कीका अध्यक्ष असफल गौतमले आफुले सिकेका कुरा अरुलाई सिकाउन आग्रह गर्दै सिकेको सिपलाइ ब्यबाहारमा लागु गर्नुपर्ने बताए ।

कार्यक्रमका बिशेष अतिथि प्रतिष्ठानका सल्लाकार टेकनाथ गौतमले कार्यक्रमको सफल्ताको शुभकामना ब्यक्त गर्दै नगद दश हजार सहयोग गरे ।प्रतिष्ठानकी सल्लाकार छन्दिका त्रिपाठीले बुद्धका सिदान्त बाथन गरेको कार्यक्रममा सल्लाकार कोबिदशरण उपाध्याय, पोखरा २५ हेमजा महिला सञ्जाल अध्यक्ष रमा त्रिपाठी, केफ मा.बि. का शिक्षक अमृत पौडेल र ज्ञानसरोबर एकेडेमीका शैक्षिक निर्देशक भरतराज अधिकारीले कार्यक्रमको सफल्ताको शुभकामना ब्यक्त गरेका थिए ।

काब्यमालामा झलक कुँवर, पोषराज पौडेल, गोबिन्द पराजुली, बिष्णु पराजुली, कृष्णप्रसाद पौडेल र छन्दिका त्रिपाठीले आफनो रचना बाचन गरेका थिए । कार्यक्रममा भएको कबिता बाचन प्रतियोगितामा प्रथम ज्ञानसरोबर एकेडेमीकी अदिती बाँस्तोला, दितिय केफ मा.बिकी जागृती अधिकारी र तृतिय ज्ञानसरोबर एकेडेमीकी जेनिशा बि.क हुनसफल भएका छन ।सो अबसरमा यहि बैशाख ७ गते भएको कबिता लेखन प्रतियोगिताको नतिजा पनि प्रकासित गरियो ।

प्रतियोगितामा प्रथम ज्ञानसरोबर एकेडेमीकी सम्पदा त्रिपाठी, दितिय भारति भबन मा.बिकी स्मृती अधिकारी, तृतिय ज्ञानसरोबर एकेडेमीकी श्रृङखला त्रिपाठी, सान्तवना ज्ञानसरोबर एकेडेमीकी प्रितिका बाँस्तोला र केफ मा.बि. की बिनिता पौडेल भएका थिए । कार्यक्रममा साहित्यकार छन्दमणि त्रिपाठी र सिब त्रिपाठी निर्णायक थिए ।प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिब बलराम पौडेलले स्वगत र सञ्चालन सचिब बसन्त बाँस्तोलाले गरेका थिए ।

कमेन्टहरु
Loading...