स्वस्थकर मासुका लागि व्यवसायीक ईमान्दारिता आवश्यक

पोखरा, २७ चैत / स्वस्थ मासुका लागि पशु तथा पशुजन्य उत्पादन स्वस्थकर हुनुको साथै व्यवसायीहरुले व्यवसायीक ईमान्दारिता देखाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । व्यवासायीक कृषि तथा व्यापार आयोजना कार्यान्वयन समूहको कार्यालय पोखराले आईतवार पोखरामा आयोजना गरेको चार नं प्रदेश स्तरीय मासु तथा मासु जन्य पदार्थको मूल्य श्रृङखला सम्वन्धी गोलमेच वैठकमा सहभागिहरुले मासुको उत्पादन, वेचविखन र प्रशोधन गर्ने आधुनीक उपकरणमा समेत सुधार ल्याउनुपर्ने वताए ।

मासु र पोषण एक अर्काका परिपुरक मानीन्छन । तर गुणस्तरहीन मासु सेवनका कारण मानीसको शरीरमा एकाएक रोग निम्तिरहेको छ । एन्टीवायोटिक औषधी सेवन गरेको पशुको मासु सेवनवाट मानीसको शरिरमा पनी आफसेआफ एन्टीवायोटिक प्रवेश हुने गर्दछ । स्वस्थकर मासु उत्पादनका लागी पुशपंक्षिले खाने दाना देखी लिएर आधुनीक वधशाला निर्माण हुनु आवश्यक छ । देशकै ठू्लो पोखरा लेखनाथ महानगरपालीकामा समेत यौटा पनी आधुनीक वधशाला नहुदा उपभोक्ता यस्को मारमा परेका छन् ।

कार्यक्रममा वोल्दै क्षत्रिय कृषि निर्देशनालयका निर्देशक शरदचन्द्र श्रेष्ठले उपभोक्ताले निर्धक्क भएर मासु खाने वातावरण सृजना हुनेगरी मासु उत्पादक तथा व्यवसायीहरु लाग्नुपर्ने वताए । कार्यक्रममा डा हरिवावु तिवारीले अर्थतन्त्रको एक तिहाई हिस्सा कृषि क्षेत्रले ओगटेको वताए । कार्यक्रममा मासु तथा मासु जन्य पदार्थको मुल्य श्रृङखला सम्वन्धी विज्ञ तुलसीदास गौतम, अनुगमन तथा मूल्याङकन विज्ञ डा. राकेस प्रजापती , गुणस्तर तथा खाद्यका विक्रम लिम्वु, फेवा मिट प्रोडक्टका निर्देशक सुर्यप्रसाद वरालले आ आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत कार्यपत्रमाथी डा हरिवावु तिवारी, अनुगमन तथा मूल्याङकन विज्ञ रामनारायण क्षत्रीले टिप्पणी गरेका थिए । कार्यक्रममा सहभागिहरुले स्वस्थकर मासु उत्पादनका लागी वजार र लगानी सधै समस्याको रुपमा रहने गरेको भन्दै समाधानको उपायको खोजीमा लाग्न आग्रह गरेका थिए । मासुमा गुणस्तर, व्यवसायमा निरन्तरता र व्यवसायको व्राण्डको अभावमा मासु व्यवसायीले वेला वेखत वजारको समस्या झेल्दै आएका छन् ।

वरिष्ठ अनुगमन तथा मूल्याङकन अधिकृत वम वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सूचना तथा अनुगमन सहाएक सोमराज सेढाईले गरेका थिए भने कार्यक्रम माथी प्रकाश केन्द्रीय प्राविधिक सहयोग समितिका डा विरेन्द्र विर वस्नेतले र स्वागतअर्जुन कुमार थापाले स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...