कास्कीमा स्वास्थ बीमा कार्यक्रम प्रभावकारी बन्दै

पोखरा, २६ चैत/नेपाल सरकार सामाजिक सुरक्षा विकास समिति अन्र्तगत सञ्चालित स्वास्थ विमा कार्यक्रम कास्कीमा थप प्रभावकारी बनाउन प्रयास गरिने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । स्वास्थ वीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन र वीमित व्यक्तिलाई स्वास्थ सेवा उपलब्ध गराउन आवश्यक पर्ने कार्यहरु गर्न सामाजिक स्वास्थ सुरक्षा विकास समिति कास्की तप्पर रहेको जिल्ला प्रबन्धक कृष्ण प्रसाद भट्टराईले जानकारी दिए ।

कास्की जिल्लामा रहेका स्वास्थ प्रदायक संस्थाहरु मध्ये अर्मला, भेडाबारी, कृस्ति र थुम्सिकोट प्राथामिक स्वास्थ केन्द्रलाई एक महिना भित्रमा नै एक्सेर, ई.सि.जी, यू. एस. जी र सेमी अटो एनालाईजर प्रदान गर्ने भएको छ । नेपाल सरकार सामाजिक स्वास्थ सुरक्षा विकास समिति अन्र्तगत सञ्चालित स्वास्थ वीमा कार्यक्रम २०७२ चैत्र २५ गते कैलाली जिल्लाबाट सुरु भएको थियो । २०७३ पौष १२ गतेबाट कास्कीमा सुरु भएको स्वास्थ वीमा कार्यक्रममा हालसम्ममा २ हजार ४ सय ८१ परिवार बीमित, ११ हजार ४ सय ४९ बीमित सदस्य रहेका छन् भने ६५ लाख २१ हजार ३ सय २५ रुपैया वीमा वापत संकलन गरिएको छ ।

आगामी बैशाख सम्ममा १८ हजार बीमित संख्या पु¥याइने लक्ष्य लिइएको भट्टराईले बताए । बीमा गर्नको लागि परिवारका प्रति ५ जना सदस्यको बार्षिक २५ सय रुपैया र प्रति थप एक सदस्यको रु ४ सय २५ रुपैया लाग्ने प्रावधान रही आएको छ ।
उक्त २५ सय रुपैयाको स्वास्थ बीमा कार्यक्रम बाट एउटा परिवारका ५ सदस्यले रु ५० हजार सम्मको निशुल्क उपचार लिन सक्ने व्यवस्था रहेको छ ।

स्वास्थ वीमा कार्यक्रम बाट बीमितहरुले स्वास्थ सेवा लिनको लागि कास्की जिल्लाको हकमा ९ वटा स्वास्थ सेवा प्रदायक संस्थाहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताला, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडाबारी। कृस्ति र थुम्सीकोट प्राथामिक स्वास्थ केन्द्रहरु तोकिएको छ ।

बीमितले आफुलाई पायक पर्ने स्वास्थ सेवा प्रदायक संस्थाबाट पहिलो उपचार लिनको लागि बीमा दर्ता गर्दा नै उल्लेख गर्नुपर्ने र सोही स्वास्थ संस्थाबाट सम्भव भएका उपचारहरु लिन सकिने र एउटा स्वास्थ प्रदायक सेवाबाट उपलब्ध हुन नसक्ने सेवा अन्य अस्पतालहरुबाट लिने प्राबधान रहेको समेत जाकारी दिइएको छ।

स्वास्थ बीमा कार्यक्रमले आईपिडी सेवामा १ सय २८ प्रकारका रोग, ओ.पि.डी भित्रका १ सय ६१ प्रकारको रोगको निदान गर्न सकिने र ५३० प्रकारका सुचिकृत्त औषधीहरु निःशुल्क पाइने व्यवस्था मिलाईको सो पत्रकार सम्मेलनमा जानकारी दिए । नेपालमा कैलाली, कास्की, ईलाम, बैतडी, अछाम, पाल्पा, बाग्लु· र म्याग्दी गरी ८ जिल्लामा स्वास्थ बीमा कार्यक्रम लागुगरिएको छ भने यसै आर्थिक बर्षभित्र २५ जिल्लामा स्वास्थ बीमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

कमेन्टहरु
Loading...