शहीद हरिप्रसादमा शैक्षिक एवं धार्मिक महोत्सव

माछापुच्छे« गाउँपालिका, ७ असोज /माछापुच्छे« गाउँपालिका–८, खोरामुख स्थित शहीद हरिप्रसाद आधारभूत

विद्यालयले यहि असोज १२ गतेदेखि २० गतेसम्म शैक्षिक एवं धार्मिक महोत्सव गर्ने भएको छ ।

विद्यालयले आफ्नो सर्वाङगिर्ण विकासका लागि भन्दै महोत्सव गर्न लागेको जनाएको छ ।शनिवार विद्यालय

प्राङगणमा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्णप्रसाद दवाडीले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै शिक्षालाई

महत्व दिएर समृद्घिको सपना पुरा गर्नुपर्नेमा जोड दिए ।उनले महोत्सवमा वडाको तर्फबाट सक्दो सहयोग रहने

प्रतिबद्घता पनि व्यक्त गरेका छन ।

विद्यालयका अध्यक्ष ओमप्रसाद गुरुङले महोत्सव सफल पार्नु सम्पूर्ण माछापुच्छे« गाउँपालिका वासीको कर्तव्य

भएको चर्चा गर्दै सरोकारवाला सबैले महोत्सवमा खुलेर सहयोग गर्नुपर्ने धारणा राखे ।उनले महोत्सवमा रु. ५५

हजार पाँच सय ५५ सहयोग गर्ने घोषणा पनि गरेका छन ।

त्यस्तै मूल आयोजक कमिटिका सदस्य टेकनाथ गौतमले महोत्सवलाई सच्चा शहिदहरुको सम्मानका रुपमा

लिन आग्रह गर्दै भिडावारी स्थित बराह माविलाई प्राविधिक हव तथा शहीद हरिप्रसाद आधारभूत विद्यालयलाई

जेटिएको हव बनाउनुपर्ने आवश्यकता औँल्याए ।उनले महोत्सवमा रु. ३० हजार पाँच सय सहयोग गर्ने घोषणा

पनि गरेका छन ।विद्यालयले महोत्सवबाट डेढ करोड संकलन गर्ने लक्ष्य राखेको तथा महोत्सव संचालानार्थ २२

देखि ३० लाख खर्च हुने अनुमान पनि गरेको छ ।

कार्यक्रममा मूल समारोह समितिका सचिव भरतराज अधिकारी, विद्यालयका प्रधानाध्यापक बलराम रानाभाट

लगायतले पनि भनाई राखेका थिए ।मूल समारोह समितिका संयोजक ललितमान गुरुङको अध्यक्षतामा

संचालित उक्त कार्यक्रममा सदस्य टेकनाथ गौतमले स्वागत तथा प्रचारप्रसार संयोजक श्रीभद्र पौडेलले कार्यक्रम

संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...