दुई लाख घुससहित नापी कार्यालयका कर्मचारी पक्राउ

लहान १३ कात्तिक / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लहानका सर्वेक्षकलाई दुई लाख रुपैया सहित पक्राउ गरेको छ । आयोगको टोलीले चौधरीलाई दुई लाख रुपैयाँ घुससहित मंगलबार पक्राउ गरेको हो ।

चौधरीले नाप नक्सा बमोजिमको क्षेत्रफल सच्याई धनीपूर्जा कायम गरिदिने बहानामा सेवाग्राहीबाट घुस लिए बेलामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । चौधरीलाई पक्राउ गरी थप अनुसन्धानका भईरहेको अख्तियारले जनाएको छ ।

कमेन्टहरु
Loading...