घान्दु्रकमा घोडा र खच्चडको निःशुल्क स्वास्थ्य परीक्षण

पोखरा, २७ वैशाख /कास्कीको घान्द्रुकमा घोडा तथा खच्चडको लागि तीन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा पोखराको आयोजना तथा ग्रुप युकेको सहयोगमा शिविर भएको हो ।

घान्दु्रकमा घोडा र खच्चडको निःशुल्क स्वास्थ्य परीक्षण
घान्दु्रकमा घोडा र खच्चडको निःशुल्क स्वास्थ्य परीक्षण

शिविरमा ४ सय ५ वटा खच्चड र १५ वटा घोडाको स्वास्थ्य परीक्षण गरिएको तालिम संयोजक भरत पोखरेलले जानकारी दिए । उक्त अवसरमा निःशुल्क औषधी वितरण तथा किसानलाई परामर्श प्रदान गरिएको पोखरेलले जानकारी दिए । प्राविधिकहरु पोखरेलसहित बिमल लामिछाने र होमनाथ सुवेदीले स्वास्थ्य परीक्षण गरेका थिए ।

पशु कल्याणका लागि घान्दु्रकमा सचेतना बोर्डसमेत टासिएको पोखरेलले जानकारी दिए । पशुलाई सन्तुलित र पौष्टिक दाना खुवाउने गरौं, प्रशस्त मात्रामा पानी खुवाऔं, पशुलाई दैनिक ५० ग्रामका दरले नुन खुवाऔं, पशुलाई अनावश्यक पिट्ने, लखट्ने र दौडाउने काम नगरौं, पशु बिरामी भएमा तुरुन्त पशु स्वास्थ्य प्राविधिकलाई देखाऔं लगायतका सन्देश होर्डिङ बोर्डमा राखिएको छ ।

कमेन्टहरु
Loading...