घलेगाउँ र भुजुङमा पोखराका महिला पर्यटन व्यवसायीहरु

पोखरा,३ जेठ/महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोलीले लमजुङको घलेगाउँ र भुजुङको भ्रमण गरेको छ । पर्यटन प्रवर्धन गर्दै ग्रामीण घरबास कार्यक्रमलाई टेवा दिन भ्रमण गरेको हो ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमणवर्ष र नेपाल सरकारले सन २०२० लाई घोषणा गरेको नेपाल भ्रमण वर्ष कार्यक्रमलाई समेत सफलपार्न भ्रमण उपयोगी बनेको सहभागिले बताएका छन् । कार्यक्रम ग्रामिण पर्यटनको बारेमा बुझ्न र सिक्न उपयोगी बनेको ओटेफका अध्यक्ष जमुना पराजुलीले जानकारी दिइन् ।

घरबास कार्यक्रम र अवलोकनले गाउँ पर्यटनको बारेमा बुझ्ने अवसर पाएको उनको भनाई छ । मिलेर काम ग¥यो भने पर्यटकको बसाई अवधि कसरी लम्ब्याउन सकिन्छ भन्ने उदाहरण त्यहाँ पाएको उनले सुनाइन् । घेले गाउँ पुग्दा भुजुङ् लगायतका वरपरका होमस्टेको बारेमा समेत जानकारी दिने शैलीले आफू प्रभावित भएको उनको भनाई छ ।

स्थानीय शिक्षा सेवी यमुना घलेले बर्ष दिनकाम गरेर ६ महिना पनि छाक टार्न धौ धौ हुने दिनको स्मरण गरिन् । उनले घलेगाउँ आज घरबास लगायतका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमले त्यो अवस्थाबाट कहाँ पुगेको छ भन्ने विषय सबैका लागि अध्ययनको विषय बन्ने बताइन् ।

क्वहोला सोथार गाउँपालिका ४ भुजुङका जनप्रतिनिधि गंगा घलेले घले गाउँमा भइरहेका पूर्वाधार र बन्ने पूर्वाधारका बारेमा जानकारी दिए । उनले विसं २०५७ सालमा मन्त्रि परिषद् बैठकले सार्क राष्ट्रको नमुना गाउँ घोषणा गरे पछी घले गाउँले अन्तराष्ट्रिय चर्चा पाएको स्मरण गरे । हाल कच्ची मोटर बाटो भएर घलेगाउँ पुग्नु पर्ने भए पनि अबको ३/४ वर्षमा कालोपत्रे गरिएको सडकमा सवारी साधनचढेर घलेगाउँपुग्नपाइने उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...