गृहिणिको रोजाई बन्दै ‘कम्पोष्ट मल बिन’

पोखरा, २ जेठ /घरेलु फोहोरको उचित व्यवस्थापनका गर्दै फोहोरलाई मल बनाउने भाँडा ‘कम्पोष्ट मल बिन’ महिलाहरुको रोजाई बन्दै गएको छ ।

भान्छाको फोहोरको व्यवस्थापन हुने र त्यहि फोहोर कुहिएर मल भएपछि कौशि तथा करेसाबारिमा लगाइएको तरकारीलाई मल पनि पुग्ने भएपछि यसतर्फ गृहीणिहरुको आकर्षण बढेको छ ।

१५ सय रुपैयाँ पर्ने कम्पोष्ट मल बिनमा वडा कार्यालयले उपभोक्ताहरुलाई आधा मुल्य निःशुल्क गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ ले वडा अन्तर्गतका विभिन्न समुहहरुलाई यो भाँडा वितरण गरिसकिएको छ ।

यसको माग बढ्दै गएपछि विहिबार सिमलचौरस्थित प्रतिभा मिलन आमा समुहका सदस्यहरुलाई यो भाँडा वितरण गरिएको छ ।

वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले एक समारोहका विच समुहमा आवद्ध ५५ जनालाई कम्पोष्ट मल बिन वितरण गरेका हुन् । कार्यक्रमका बोल्दै वडाध्यक्ष बरालले वितरण गरिएको भाँडालाई आफ्नैं सम्झिएर जतनका साथ प्रयोग गर्न आग्रह गरे ।

वडामा सडक विस्तार लगायत भौतिक विकासका थुप्रै्र कार्यहरु भएको उल्लेख गर्दै अब वातावरण तथा आत्मानिर्भर सम्बन्धि कार्यक्रमलाई पनि वडाले प्राथमिकतामा राखेको जनाए ।

कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, कृषि महाशाखा वडा ८ सञ्जालका संयोजक सरस्वती थापा, वडासदस्य पुष्पराज सिग्देल लगायतले कौशि खेती तथा कम्पोष्ट मल बिनको महत्वका बारेमा प्रकास पारेका थिए । प्रतिभा मिलन आमा समुहका अध्यक्ष कमलाकुमारी शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्टहरु
Loading...