एक वर्षमा २८ हजारलाई पोखराबाट लाईसेन्स, साउनमा नयाँ खुल्ने

पोखरा, ३१ असार/ गण्डकी यातायात कार्यालय लाईसेन्स पोखराबाट एस आर्थिक वर्षमा २८ हजार बढिले लाईसेन्स लिएका छन् । यातायात व्यवस्था कार्यालयको तथ्यांक अनुसार पोखराबाट एक वर्षमा २८ हजार ९ सय १ जनाले लाईसेन्स लिएको गण्डकी यातायात कार्यालयका प्रमुख तेजनारायण यादबले बताए ।

उनले फर्म दर्ता गर्ने प्रशिक्षार्थी मध्ये ४२.६८ प्रतिशतले मात्रै परीक्षा उत्तिर्ण गरेको बताए । ६७ हजार ७ सय १७ जनाले फर्म दर्ता गरेका थिए । उनका अनुसार ३८ हजार ८ सय १५ जना लिखित तथा ट्रायल उत्तिर्ण हुन असफल भएका छन् ।

आर्थिक वर्ष २०७४÷०७५ मा मोटसाईकलमा २६ हजार ५ सय ५७ जनामा केवल १३ हजार २ सय ७७ जना मात्रै पास भएका छन् । स्कुटर तर्फ १७ हजार ५ सय ६३ फर्म दर्ता मध्ये ७ हजार ७ सय ८७ ले उत्तीण गरी लाईसेन्स पाएको यादबले जानकारी दिए । कार जीप, डे. भ्यान अन्तर्ग २० हजार ५ सय मध्ये ६ हजार ७ सय ५९ जना मात्रै परीक्षा पास भएका छन् ।सबैभन्दा कम मिनि(एफ)मा केवल २४.७२ प्रतिशत मात्रै उपलब्धी भएको तथ्यांकले देखाएको छ ।

पास भएका परिक्षार्थीबाट यातायात व्यवस्था कार्यालय पोखराले १६ करोड ६२ लाख ७५ हजार ७ सय रुपैयाँ राजस्व संकलन गरिएको उनले जानकारी दिए । लामो समयसम्म पोखरामा लाईसेन्सको फर्म दर्ता खुलेको थिएन् । झण्डै एक वर्षको नयाँ लाईसेन्सको प्रक्रिया ठप्प हुदाँ सेवागा्रहीको भीड एक्कासी बढ्न पुगेको थियो । त्यसै अनुसार राजस्व पनि उल्लेख्य उठेको कार्यालयले जनाएको छ । माघयता कार्यालयले २०४ वटा ट्रायल गरिएको जनाएको छ ।

साउनबाट यातायात कार्यालय प्रदेश सरकारको माताहतमा जाने भएपनि तत्कालै प्रदेश सरकार र संघीय सरकारसँगको समन्वयमा काम नयाँ लाईसेन्सका लागि तयारी गर्ने यादबले बताए । उनले साउन तेस्रो हप्ताबाट खुल्न सक्ने बताए । उनले सेवा सुधारको लागि प्रदेश सरकार र नीतिगत समस्या समाधानको लागि संघीय सरकारसँग समन्वयमा काम गर्ने बताए ।
कमेन्टहरु
Loading...