पोखराको महेन्द्र गुफा नजिकै एक सहित गण्डकी प्रदेशमा पाँच जना मृत फेला

पोखरा, २६ साउन / गण्डकी प्रदेशमा विभिन्न जिल्लामा आइतबार चार जनाको मृत फेला परेको गण्डकी प्रदेशक प्रहरी कार्यालयले जनाएको छ ।

पोखरा महानगरपालिका १६ महेन्द्र गुफा स्थित वर्ष ३६ की गोमा परियार मृत्यु भएको छ । वमिट बिरामी भई उपचारको लागि फिष्टेल अस्पताल गरेकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका छन् । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाको थप अनुसन्धान गरि रहेको जनाएको छ ।

त्यसै गरि बाग्लुङको ढोरपाटन नगरपालिका ८ कुहिने बाटोमा रहेको गोठमा सोही स्थानको बोबाङ बस्ने वर्ष ६० को भुम बहादुर बिक र निजको श्रीमति वर्ष ६०की बिमा बिक दुवै जना मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि तनहुँको देवघाट गाउँवपालिका ५ ठिमुरा पुल स्थित त्रिशुली नदिको किनारमा हाल सम्म नाम, थर, वतन नखुलेको वर्ष अन्दाजी ४५ को पुरुष शव फेला फेला परेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि नवपुरको कावासोती नगरपालिका ८ थानाचोक नजिकै हालसम्म नाम, थर, वतन नखुलेको अंन्दादजी ५० वर्षको पुरुष मृत भेटिएका छन् । अचेत अवस्थामा फेला परेका उनलाई प्रहरी टोलिले उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...