पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निमार्ण गर्न १ करोड, पोखरा चक्रपथलाई १६ करोड

पोखरा, १ असार / गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै कोरोनाको उपचार, रोजगारी दिन र तालिमाका लागि २ अर्व ९१ करोड बजेट प्रस्तुत गरेका छन् ।

पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र स्थापना गर्ने लक्ष्य, पोखरा सभागृहहलको मर्मत सम्भार एवं स्तरोन्नति गर्न १ करोड

आलु खेती चैतेधान, घाँसे उत्पादन, अलैची लगायतका कृषिजन्य उत्पादनको लागि २ करोड विनियोजन

स्याउ उत्पादनमा आत्मनिर्भर बनाउन मनाङ र मुस्ताङ लगायतका ठाँउमा विशेष जोड दिइएको छ ।

बाली तथा पशुपंक्षी विमाको लागि २ करोड विनियोजन

सबै स्थानीयतहमा मुख्यमन्त्री कृषि कार्यक्रमका लागि ४ करोड २६ लाख
जेठोबुढो धान प्रवद्र्धन गर्न विशेष जोड

प्रदेशको रणनीतिक महत्वका सडकहरु ६ अर्ब १७ करोड ३ लाख
पोखरा चक्रपथ निर्माणको लागि निरन्तरता लगायतका सडक पूर्वाधारको लागि १६ करोड

पोखरा बसपार्कको स्तरोन्नति गरिने छ । लामेआहालमा बसपार्क निर्माणमा जोड दिईने छ ।

विद्युत पहुँच पुर्याउन १८ करोड

३ करोड ६० लाख सरकारी अस्पतालमा सोलार जडान गर्न

 

कमेन्टहरु
Loading...