गण्डकी प्रदेशमा ९ प्रतिशत बेरोजगार

पोखरा, ३ जेठ /गण्डकी प्रदेशमा ९ प्रतिशत बेरोजगार रहेको तथ्यांक सार्वजनिक भएको गरेको छ । राष्ट्रिय योजना आयोग केन्दीय तथ्याङ्क विभागले तेस्रो नेपाल श्रमशत्ति सर्वेक्षण सार्वजनीक गर्दै नेपाल भर ११ दशमलव ६ प्रतिशत बेरोजगार रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशमा पुरुषको ९ दशमलब ४ र महिलाको बेरोजगार दर ८.४ प्रतिशत बेरोजगार रहेको राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत पृथ्वीराज सिजापतिले जानरकारी दिए ।

गण्डकी प्रदेशका सहरहरुमा बेरोजगार दर १० दशमलब ३ प्रतिशत र ग्रामीण क्षेत्रमा ६ दशमलव ५ प्रतिशत बेरोजगार रहेको उनले बताए ।

बेरोजगार दरलाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी प्रदेश नम्बर २ मा रहेको छ । प्रदेश २ मा २० दशमलव १ प्रतिशत रहेको उनले बताए । सबैभन्दा कम प्रदेश नम्बर ३ मा ७ प्रतिशत मात्र रहेको अधिकृत सिजापतिले जानकारी दिए ।

गण्डकी प्रदेशमा रोजगारमा रहेको जनसंख्या ६४ प्रतिशत सहरमा र ३६ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाइएको छ । रोजगारमा रहेको पुरुषहरुमध्ये ५९ प्रतिशत सहरमा र ४१ प्रतिशत ग्रामीण क्षेत्रमा छन् । महिलाहरुमा ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामिण क्षेत्रमा रोजगारमा रहेको तथ्याङ्क छ ।

नेपालमा रोजगारमार रहेको जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छ । त्यसमध्ये ६८ प्रतिशत पुरुष सहरमा रोजगारीमा छन् भने ३२ प्रतिशत ग्रामीण क्षेत्रमा रहेका छन् ।

रोजगारमा रहेका महिलाहरु मध्ये ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागका निर्देशक अम्बिका बस्यालले जानकारी दिए ।

कमेन्टहरु
Loading...