ईन्द्रराज्य लक्ष्मीका विद्यार्थीलाई एक्स्पर्टको न्यानो कपडा

पोखरा, १२ माघ / पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माविका विद्यार्थीलाई एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस अन्तर्गतको एक्स्पर्ट फाउण्डेसनले न्यानो कपडा विवतरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच विद्यालयका २५ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको एक्स्पर्ट पोखराका निर्देशक रमेशकुमार थापाले जानकारी दिए । गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी सहयोग गरिएको उनले बताए ।

फाउण्डेसनले बिगतमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ । भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पूनर्निर्माणका लागि १० लाख, बाढी पीडितका लागि ५ लाख सहयोग गरेको थियो ।

विद्यालयका विद्यार्थीलाई आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने थापाले प्रतिबद्धता व्यक्त गरे । ‘बिगतमा हामीले थुप्रै सामाजिक काम गर्दै आइरहेका छौं,’ थापाले भने, ‘आगामी दिनमा सामाजिक कामलाई निरन्तरता दिनेछौं ।’ विद्यालयका शिक्षक बलबहादुर श्रेष्ठको अगुवाईमा कार्यक्रम भएको हो ।

कमेन्टहरु
Loading...