डा केसीको अनसनप्रती ऐक्यबद्धता जनाउदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पोखरा, ७ साउन /शान्तिका लागी नागरीक समाजको सञ्जाल कास्की र युवा सञ्जाल नेपालले स्वास्थ्य क्षेत्रमा भएका बिकृती र बिसंगतीहरुको अन्त गर्न माग गर्दै १३ दिन देखी अनसनरत डा गोबिन्द केसीको अनसनप्रती ऐक्यबद्धता जनाउदै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएको छ ।

डा केसीको अनसनप्रती ऐक्यबद्धता जनाउदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
डा केसीको अनसनप्रती ऐक्यबद्धता जनाउदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

माथेमा आयोगको प्रतिबेदन तत्काल कार्यान्वयन गर, मेडीकल शिक्षामा माफीयाकरण बन्द गर, मेडीकल शिक्षा माथीको मुनाफाकरण अन्त्य गर , शिक्षा र स्वास्थ्य माथीको नीजिकरण खारेज गर भन्दै आठौपटक अनसन बस्दै आएका डा गोबिन्द केसीले पुनः अनसन शुरु गरेको पनि आज १३ दिन भैसकेको छ ।

आम जनताप्रती प्रत्यक्ष सरोकार राख्ने , जनताप्रती उत्तरदायी हुनुपर्ने जनप्रतिनिधी तथा सभासदहरु नागरीक हितका यस्ता मागहरुमा मौनता प्रदर्शन गरी अनसनरत डा . केसीका मागहरुप्रती गैर जिम्मेवार भएको भन्दै ज्ञापनपत्रमा भनीएको छ चिकित्सा क्षेत्रको सुधारका लागी बिगतमा भएका प्रतिबद्धताहरुको कार्यान्वयन सहित चिकित्सा क्षेत्रमा भएको अख्तियार प्रमुखको प्रत्यक्ष हस्तक्षेप जस्ता बिषयहरुमा सार्बजनीक अपिल गर्दै आमरण अनसनमा बसेका डा. केसीको जीवनरक्षाका लागी पहल गर्न माग गर्दछौ ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।

शान्तिका लागी नागरीक समाजको सञ्जालका संयोजक सरला कुमारी पाण्डे र युवा सञ्जाल नेपालका तर्फबाट लक्षमण आचार्य सहित मानब अधिकारकर्मीहरु खगराज आचार्य, इन्सेक क्षेत्रिय संयोजक तथा सञ्जालका महासचिब शिब खकुरेल, सयपत्री समाजका महासचिब गिरधारी सुबेदी, इन्सेक जिल्ला प्रतिनिधी बिष्णु अधिकारी, बरीष्ठ अधिबक्ताहरु तिलक आचार्य,रामप्राद घिमिरे,जिल्ला बारका अध्यक्ष सोमबहादुर श्रेष्ठ,महिला मानब अधिकार रक्षक सञ्जालका जानकी शर्मा,बाल तथा महिला शसक्तिकरण समाजका भुवन पराजुली,मानब अधिकार पत्रकार संघका राजेश पराजुली,एड्भोकेसी फोरमका जमुना शर्मा गैरसरकारी संस्था महासंघका उपाध्यक्ष पदमराज पाहारी लगायतले हस्ताक्षर गरेका छन ।

कमेन्टहरु
Loading...