पोखरा वडा नम्बर ८ को अध्यक्षमा धु्रवराज चालिसे आकांक्षी

पोखरा, ११ बैशाख/जीवनको जागिर नै राजनीति मानेका सामाजिक अभियन्ता धु्रवराज चालिसेले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ को अध्यक्ष पदको आकांक्षा व्यक्त गरेका छन् । नेपाली काँग्रेस इकाई समिति वडा नं. ८ मा चासिले सहित सुनिल मर्सानी, कृष्णमान ठुसाजू, जयनारायण श्रेष्ठ, रमेश बराल, शारदा गिरी, गणेशबहादुर अधिकारी, दामोदर चासिले, लगायत आठ जनाले आकांक्षा राखेका छन् ।

नेपाली काँग्रेसका पाँच सय ३२ क्रियाशील सदस्यमध्येबाट रहर लाग्दो, आशा लाग्दो र लोभलाग्दो उमेद्वारका रुपमा चालिसे वडा अध्यक्षका आकांक्षी देखिएका हुन् । पारिवारिक पृष्ठभूमि नै राजनीतिक संस्कार भएका उनी वि.सं. २०४१ सालमा नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । पोखरा क्याम्पसमा स्ववियुका प्रत्यासी सदस्य भएका उनी लामो समय पार्टी निकट पत्रिका देशान्तर, जनमञ्च र राजधानी साप्ताहिकमा क्रियाशील पत्रकारका रुपमा संलग्न रहे ।

उपभोक्ता हकहित र अधिकारका लागि सक्रिय चालिसेले आफ्नै पहलमा २०५४ मा उपभोक्ता मञ्च कास्की गठन गरी संस्थापक अध्यक्ष बनेका थिए । प्राकृतिक सम्पदा संरक्षणका लागि निरन्तर आवाज उठाउने उनी राष्ट्रिय ताल संरक्षण विकास समितिको परिकल्पनाकार २ कार्यकाल मन्त्रीस्तरीय निर्णयबाट बोर्ड सदस्यमा नियुक्त भई सकेका छन् ।

बसुन्धरा पार्क संरक्षण, फेवा जलाधार संरक्षण अभियानका अतिरिक्त पोखराका सम्पदा तथा तालहरुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरेका चालिसेले फेवा ताल संरक्षण र अतिक्रमण विरुद्ध अन्तर्राष्ट्रिय ताल संरक्षण समिति (आइलेक, जापान) को ध्यानाकर्षण गराई सिमाङ्कन र मापदण्ड निर्धारण गराउदै सम्पदालाई अन्तर्राष्ट्रियकरण गर्न सफल व्यक्तितव हुन ।

संरक्षण विकास मञ्च नेपाल (कोर्डफण्ड) मा दोस्रो कार्यकाल बोर्ड सदस्यका रुपमा रहेका चालिसे लेखनाथ क्षेत्रका तालतलैयाको संरक्षणका लागि सिमसार अध्ययन प्रतिष्ठान (वेटल्याण्ड एकेडेमी) पोखरा लेखनाथमा स्थापना गर्न निरन्तर पैरवी गर्ने पहलकर्ता हुन् । यो नेपालको मात्रै नभएर एशियाकै पहिलो वेटल्याण्ड एकेडेमी हुनेछ ।

विश्व बैंकको आर्थिक सहयोगमा विश्वविद्यालय अनुदान आयोगद्वारा गुणमापन तथा प्रत्यायन प्रमाणपत्र प्राप्त मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पस पोखराको प्रथम सम्मानर्थक संरक्षक प्रतिनिधि, २ कार्यकाल सञ्चालक समितिको सदस्य, जनप्रिय क्याम्पस उच्च मावि तर्फको अध्यक्ष र अन्तर्राष्ट्रि सम्पर्क तथा समन्वय समितिको संयोजक रहेका चालिसे २५ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रको उन्नयन र विकासका लागि अनवरत क्रियाशील रहेका छन् ।

आर्थिक एवं वित्तीय संस्थाको सफल नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका धु्रवराज चालिसेले आफ्नो राजनीतिक क्रियाशीलतालाई समान्तर रुपमा अगाडि बढाएका छन् । उनी प्रशासनिक तथा राजनीतिक गतिविधिलाई वडामा मात्रै सीमित नराखी केन्द्रसम्म पु¥याउने व्यक्तिका रुपमा पनि पोखरामा लोकप्रिय छन् । विकृति, विसङ्गति र वेथितिका प्रति सधै विद्रोहको झण्डा बोक्ने चालिसे नेपाली काँग्रेसभित्र स्वच्छ छवि भएका व्यक्तिका रुपमा परिचित छन् ।

राजनीतिसँगसँगै विकासका मुद्धा पनि मुलधारमा लैजान चालिसे पोखरामा रिङरोडसँगै समानान्तर सडकहरु निर्माण, प्राकृति सम्पदा संरक्षण, साँस्कृतिक विविधताको जर्गेनाले पर्यटन प्रवर्धन हुनुका साथै शैक्षिक उन्नयन सभ्य समाजका लागि आवश्यक रहेको बताउने उनी अन्य आकांक्षीका तुलनामा स्पष्टवक्ता, सामाजिक क्रियाशीलता र राजनीतिक संस्कार भएका व्यक्तिका रुपमा परिचित छन् ।

स्थानीय तहको चुनाव आउन तीन साता बाँकी हुँदा पोखरा लेखनाथ महानगरपालिकाको केन्द्र र समृद्ध वडाका रुपमा परिचित ८ नम्बरबाटै नेपाली काँग्रेसबाट मेयरका आकांक्षी देवराज चालिसे, विन्दुकुमार थापा र वीरेन्द्रनारायण विजुक्छे प्रस्तुत भएका छन् ।

कमेन्टहरु
Loading...