धर्म र संस्कृति माथिको प्रहारले महिला हिंसा बढेः सांसद केसी

पोखरा, १६ असोज / नेपाली काग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एंव संघिय संसदका सदस्य सूर्य बहादुर केसीले धर्म संस्कृती माथि भएको प्रहारले नै मुलुकमा महिला हिंसाका घट्नाहरु बढ्दै गएको वताए ।

नेपाली काग्रेस वडा नं ६ इकाईद्धारा पोखराको लेकसाइडमा आयोजित विजया दशमीको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । पूर्व सभामुख कृष्ण बहादुर महरा तर्फ लक्षित गर्दै नेता केसीले राजनितिको सम्माननिय तहबाट भएको घट्नाले मुलुककै शिर निहुरीएको भन्दै चिन्ता व्यक्त समेत गरे ।

असुर शक्तिमाथिको जितले मुलुकमा भ्रष्टचार न्यूनिकरण हुन सक्ने दावी गर्दै उनले वर्तमान सरकारले संबिधानको यथोचित पालना गर्दै न्यायिक सर्वोच्चता कायम राख्न आग्रह गरे ।

वडा इकाई अध्यक्ष बलराम गिरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सांसद बिन्दु थापा, वडा नं ६ का अध्यक्ष जगत पहारी, कांग्रेस कोषाध्यक्ष लक्ष्मी पाण्डे लगायतले वर्तमान सरकार निरङ्कुषता तर्फ बढ्दै गएको र मुल्य मान्यताको राजनिति माथी आँच लगाएको आरोप लगाएका थिए ।

कमेन्टहरु
Loading...