दाजुलाई विदेश पठाउन राखेको पैसा लिएर २१ दिन देखि भाइ बेपत्ता

पोखरा, १८ वैशाख /दाजुलाई विदेश पठाउन राखेको एक लाख रुपैयाँ सहित एक बालक बेपत्ता भएका छन् ।

तनहुँको राइपुर घर भई हाल बेलचौतारमा बस्दै आएका ११ बर्षिय विशाल दर्नाल पैसा लिएर हराएका हुन् ।आजको कान्तिपुरमा खबर छ ।

बाबु प्रेमबहादुरका अनुसार माइला छोरोलाई कतार पठाउन बैंकबाट ऋण लिई घरमा ल्याएर राखिएको थियो । गत चैत २७ गते सोही रकम लिएर विशाल बेपत्ता भएका हुन् ।

कमेन्टहरु
Loading...