सिटिइभिटी प्रमुखलाई चार बुदे ज्ञापनपत्र

पोखरा, १७ जेठ/प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) अन्तर्गत पोखराका विभिन्न कजेलहरुमा अध्ययनरत विद्यार्थीका प्रतिनिधिहरुको समूहले मंगलबार विभिन्न माग राखी सिटीइभिटी क्षेत्रीय कार्यालय पोखरामा ज्ञापनपत्र पेश गरेको छ।

पोखराका सबै कलेजका विद्यार्थीहरुले परिषद्का कार्यालय प्रमूख हर्कलाल श्रेष्ठलाई भेटी चार बुंदे ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा बि.सं. २०७१ पछि रजिष्टे«शन भएका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउनुपर्ने, सिटिइभिटीले शूल्क तथा विद्यार्थीहरुसँग सम्बन्धित कामहरु गर्दा आफूहरुसँग समन्वय गर्नुपर्ने, वार्षिक परीक्षा र परीक्षाफल परिषद्को कार्यतालिका अनुरुप हुनुपर्ने, परीक्षामा प्रश्न दोहोरिने र त्रुटीपूर्ण हुने गरेकाले त्यसलाई सच्चाइनुपर्ने लगायतका माग समेटिएका छन्।

विद्यार्थीहरुले आफ्ना मागहरु तत्काल पुरा गर्न क्षेत्रीय प्रमूख श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम समेत दिएका छन्। २४ घण्टाभित्र आफ्ना माग पुरा नभए २० गतेबाट चरणवद्ध आन्दोलनमा जाने तयारी गरेको विद्यार्थी प्रतिनिधि सुजन पौडेलले जानकारी दिए।

कमेन्टहरु
Loading...