कांग्रेस क्रियाशिल सदस्य महतको निधन

पोखरा, २० साउन /नेपाली कांग्रेस नगर वडा ईकाई पोखरा ७ का क्रियाशिल सदस्य रुद्रवहादुर महतको मंगलवार निधन भएको छ । नेपाली कांग्र्रेसका पुराना नेता महतको वुधवार अन्तेष्टी गरिएको छ । स्व. महत विभिन्न समयमा चलेको नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको तर्फवाट क्रियाशिल भएर लाग्नुभएको थियो ।

नेपाली कांग्र्रेसका नेता शुक्रराज शर्माले वुधवार महतको पार्थिक शरीरमा पार्टीको चारतारे झण्डा ओडाएर अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको थियो । महतलाई श्रद्धान्जली दिन नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति विजयराज आचार्य, कोषाध्यक्ष तोयावहादुर भट्टराई, निवर्तमान सभापति शोभाचन्द्र वराल, महाअधिवेशन प्रतिनिधी देवराज चालिसे, पूर्व नगरसभापति विष्णुहरी वराल, नगर सचिव सरोजनारायण वराल लगायत पार्टीका कार्यकर्ता, आफन्त, ईस्टमित्र एवं शुभेच्छुकहरु रामघाट पुगेका थिए ।

यसैवीच, नेपाली कांग्रेस नगर वडा ईकाई पोखरा ७ का सभावति नविनराज वरालले शोक विज्ञप्ती प्रकाशन गरी पार्टीका क्रियासिल सदस्य एवं अग्रज व्यक्तित्व महतको निधनले पार्टीमा एक निष्ठावान कार्यक्रर्ता गुमाएको उल्लेख गर्नुभएको छ । सभापति वरालले महतको निधनप्रति गहिरो दुख व्यक्त गर्दै, समवेदना प्रकट गर्नुभएको छ । स्व. कांग्रेस नेता महतका तीन श्रीमति, पाँच छोरा र दुई छोरी छन् ।

कमेन्टहरु
Loading...