कास्की काङ्ग्रेसमा पाँच सदस्य मनोनित

पोखरा, ५ चैत/ नेपाली काङ्ग्रेस कास्कीमा पाँच जना सदस्य मनोनित भएका छन्। कास्की सभापति कृष्ण के.सीले आफुमा निहीत अधिकारको प्रयोग गरी समावेशीमा आधारित भएर सदस्य मनोनित गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।
मनोनित हुनेमा कास्की क्षेत्र नं १ बाट ओम बस्नेत, २ बाट नवीन सापकोटा, ३ बाट प्रेम परियार , ४ बाट युवराज कुँवर र भोजबहादुर गुरुङ छन्। सभापतिले विद्यानत् प्रत्यक क्षेत्रबाट दुई÷दुई जना सदस्य मनोनित गर्न पाउँने व्यवस्था रहेको छ।
अझै तीन जना सदस्य मनोनित गर्न बाँकी छ। बाँकी तीनमध्य अल्पसंख्यक÷मुस्लिम ÷पिछडाबाट एक जना अनिवार्य रुपमा मनोनित गर्नुपर्नेे छ।

यसैवीच, कास्की काङ्ग्रेसको बैठक शुक्रबार बसेको छ। बैठकले गाउँ र वडा इकाईलाई पूर्णता दिन निर्देशन दिएको छ।
बैठक कास्की काङ्ग्रेसका सभापति कृष्ण के.सीको अध्यक्षतामा बसेको थियो।

कमेन्टहरु
Loading...