पोखरा–१६ मा काँग्रेस र अखण्डवीच चुनावी तालमेल

पोखरा, १६ बैशाख/पोखरा लेखनाथ महानगरपालिका वडा न. १६ मा नेपाली काँग्रेस र अखण्ड पार्टी नेपालबीच चुनावी तालमेल गरी शनिवार उम्मेद्वार घोषणा गरिएको छ। स्थानीय कालिखोलास्थित अन्नपुर्ण पार्कमा आयोजित सभावीच काँग्रेस नेता शुक्रराज शर्माले उम्मेद्वारको नाम घोषणा गरेका हुन्।

सो वडाबाट चुनावी तालमेल गरी काँग्रेसको तर्फबाट अध्यक्षमा पदमसिंह गुरुङ, खुल्ला सदस्यमा पुष्पराज तिमिल्सिना, सोमबहादुर गुरुङ, दलित सदस्यमा ओममाया नेपालीलाई र अखण्डको तर्फबाट महिला सदस्यमा मञ्जुश्री थापा बस्नेतलाई उठाइएको छ।

भेलामा बोल्दै काँग्रेस नेता शर्माले अरु पार्टीको अस्तित्व स्वीकार नगर्ने कम्युनिष्टहरुको प्रवृत्ति र शैलीको अन्त्यका लागि दुवै पार्टीका उम्मेद्वारलाई जिताउन आग्रह गरे। कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै प्रा.डा कुुसुमाकर न्यौपानेले नैतिक र आदर्शवान पार्टी भएकाले काँग्रेसतर्फ जनताको आकर्षण बढिरहेको उल्लेख गरे।

नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका वडा न. १६ का संयोजक विक्रम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङ, अधिवत्ता हरि भट्टराई, नेपाल तरुण दल क्षेत्र नं २ कास्कीका सचिव मिलनजंग रायमाझी, क्षेत्रीय प्रतिनिधि दिपक भट्टराई र अमृत भट्टराईले बोलेका थिए।

कमेन्टहरु
Loading...