क्यान्सर सम्बन्धि निःशुल्क परिक्षण

पोखरा, २४ बैशाख/नेवा मिसा पुचः महेन्द्रपुलको आयोजनामा महिलाहरुको स्तन सम्बन्धि क्यान्सरको निशुल्क परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । पुचःका अध्यक्ष पुण्यलक्ष्मी लाभाजुको अध्यक्षतामा भएको कार्यक्रममा १ सय २५ जनाले स्वास्थ्य परिक्षण गरेका थिए । परिक्षण गरेका मध्य ७ जनामा स्तन क्यान्सर देखिएको पुचः का सचिब संगीता बज्राचार्यले जानकारी दिए ।

वेस्र्टन मिल्टन एशोसिएसनको प्राविधिक सहयोगमा भएको कार्यक्रममा महेन्द्रपुल, चिप्लेढुङ्गा, रानीपौवा, गैह्रापाटन र सिद्धार्थचोकका महिलाहरु लाभान्वित भएका छन् । कार्यक्रममा बोल्दै पोखरा लेखनाथ वडा नम्बर ९ का सचिब लोकदर्शन कोइरालाले आफ्रनो स्वास्थ्यका बारेमा सधैं सजग बन्नुपर्ने बताए ।

नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ती उदासले रोगलाई जति लुकायो त्यति भयावह हुने हुँदा बेलाबेलामा आफ्नो स्वास्थ्य जाँच गराउन महिलाहरुलाई आग्रह गरे । कार्यक्रममा वेस्र्टन मिल्टन एशोसिएसनका संयोजक निलम महर्जन, पोखरा मेडिकल हलका प्रोपाईटर बिष्णु कायस्थ लगायतले बोलेका थिए ।

कार्यक्रममा नेवा ल्याम्ह पुच महेन्द्रपुल, महेन्द्रपुल महिला जागरण समुहले बिशेष सहयोग गरेको कार्यक्रम संयोजक तथा नेवा मिसा पुच महेन्द्रपुलका सचिब संगीता बज्राचार्यले बताए ।

कमेन्टहरु
Loading...