छमछमी तीज गीत प्रतियोगिताको उपाधी हेम्जा दिदीबहिनी समुह हेम्जालाई

पोखरा, १६ भदौ/माछापुच्छे एफ.एम ९१ मेगाहर्ज र गोल्डेन आई टेलिभिजनले संयुक्त रुपमा आयोजना गरेको “कोसेली तेल १६ औ छमछमी तिज”, तिज गित प्रतियोगिता उपाधी हेम्जा दिदीबहिनी समुह हेम्जाले जितेको छ ।

२४ टिमको सहभगिता रहेको प्रतियोगितामा कामधेनु महिला कृषक समुह हेम्जा द्धितिय ,अमरसिंह दृष्टिविहिन समुह अमरसिंहचोक तृतिय र मनकामना दिदी बहिनी समुह अधिकारी टोल पोखराले सन्त्वना स्थान प्राप्त गरेका छन । पोखरा उद्योग वाणिज्य सघंको सभाहलमा बुधबार सम्पन प्रतियोगितामा प्रथम , दितिय , द्धितिय र सान्त्वना स्थान हासिल गर्दै उनिहरुले क्रमस नगद १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५, ५ हजार ५ सय ५५ र ३ हजार ५ सय ५५ रुपैया पुरस्कार प्राप्त गरेका छन् ।

अनुसिलन कलाकेन्द्र रानीपौवाले प्रथम , चेरिष्मा इम्पोरियम न्युरोडले द्धित्तिय , वयल फेयर कोरियन ल्याङ्वयज इन्छिच्युट चिप्लेढुङ्गाले तृतिय र तेजस्वी ज्वलर्स पोखरा ट्रेडमलले सान्त्वना पुरस्कारको प्रायोजन गरेका थिए । यस्तै उत्कृष्ट भेषभुषाको उपाधि प्रेमा राना मगरको समुह नदिपुर र उत्कृष्ट नृत्यको उपाधि पञ्चकन्या समुह पुम्दीभुम्दीले प्राप्त गरेका छन । उनिहरुले पनि नगद २ ÷२ हजार रुपैया पुरस्कार प्राप्त गरे । प्रतियोगिताको निणयकको रुपमा बरिष्ठ गायिका एवं सञ्चारकर्मी शान्ति गुरुङ , गायिका बालुमाया पुन र गयिका चन्द्रा थापा रहेका थिए ।

नेपाली नारीहरुको माहान पर्व हरितलिका तिजको अवसर पारेर पोखराको पहिलो एफ एम माछापुच्छ«े एफ.एम ९१ मेगाहर्जले गोल्डेन आई टेलिभिजन संगको सहकार्यमा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि कोसेली तेल १६ औ छमछमी तिज, तिज गित प्रतियोगिता गरेको एफ.एमका स्टेशन मेनेजर कञ्चन थापाले जानकारी दिईन् । कार्यक्रमलाई कर्माचार्य ग्रुपको उत्कृष्ट उत्पादन कोसेली तेलले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रमका बिषेश सहयोगी संस्थाहरुमा ओल्ड भिजन इलेक्टोनिक महेन्द्रपुल, बम्बो क्याटरिङ एण्ड मुस्कान रेष्टुरेण्ड ड्यामसाईड, पपुलर आर्युबेद सेन्टर तेस्रापट्टी ,प्रतिक अफसेट प्रेस महेन्द्रपुल , ईन्द्रेणी क्याटरिङ सर्भिस एण्ड पाटी प्यालेस रानिपौवा र भगवती क्याटरिङ सर्भिस एण्ड टेण्ड हाउस नयाँ बजार रहेको कार्यक्रम संयोजक अनिशा नेपाली जानाकारी दिईन ।

कार्यक्रमको अवसरमा बरिष्ठ लोक गायिका प्राज्ञ हरिदेबी कोइरालालार्ई नेपाली लोक संगितमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको प्रचार प्रसार संयोजक कुष्ण आचार्यले जानाकारी दिए । साथै कार्यक्रमको अबसरमा माछापुच्छ«े एफ.एम ९१ मेगाहर्जका दुई सहकर्मी गोबिन्द थापा सिञ्जाली र सुकृती पन्तलाई पनि सम्मान गरिएको थियो । गोल्डेन आई टेलिभिजन र माछापुच्छ«े एफ.एम ९१ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रममा पोखरेली धुर्मुस राजेन्द्र नेपाली , लोक गायक कृष्ण सुबेदी र अशोक सुनारले आफ्नो प्रस्तुती राखेका थिए ।प्रतियोगितामा अधिकासं सहभागी टिमले देशमा बढिरहेको सडक दुर्घटना र बिदेशमा पुगेर नेपालीले भोगेका समस्यालाई आफ्ना प्रस्तुतीमा समेट्दै प्रहसन समेत प्रस्तुत गरेका थिए ।

रेडियोका संञ्चालक कमला क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर कन्चन थापा , सम्मानित ब्यक्तित्वहरु बरिष्ठ लोक गायिका प्राज्ञ हरिदेबी कोइराला, गोबिन्द थापा सिञ्जाली, सुकृती पन्त , बरिष्ठ गायिका एवं सञ्चारकर्मी शान्ति गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालक कार्यक्रम संयोजक अनिशा नेपाली , समाचार संयोजक लक्ष्मी जिसी, दुर्गा रानामगर , सुकृती पन्त , सरु गुरुङ , रेनु क्षेत्री , ममता डिसी, पुर्णकला पौडेल लगायतले गरेका थिए । गत वर्ष आयोजना गरिएको १५ औ छमछमी तिज, तिज गित प्रतियोगीतामा २२ समुहको सहभगिता रहेकोमा प्रेमा मगरको समुह नदिपुरले उपाधी जितेको थियो ।

कमेन्टहरु
Loading...