लायन्स क्लब अमरबुद्ध द्धारा स्तन क्यान्सर सम्बन्धि परिक्षण

स्याङ्जा, १६ जेठ/जीवनको अमुल्य सम्पत्तीनै स्वास्थ्यनै हो भन्ने नाराका साथ शनिबार स्याङ्जाको सेतिदोभान स्थित प्रधुम्न पनेरु उच्चमाविमा एकदिने स्तन क्यान्सर सम्बन्धि प्रशिक्षण तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ अमरबुद्ध र नेपाल अर्बुद रोग निवारण संस्था को आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको कार्यक्रमको उद्घाटन नेपाल अर्वुद रोग निवारण संस्थाका अध्यक्ष रामचन्द्र थापाले गरेका थिए । उद्घाटन मन्तब्य राख्दै थापाले दिन प्रति दिन स्तन क्यान्सरका रोगीहरु बढ्दै गएको भन्दै समयमै गाउँ स्तरदेखि यस रोगको बारेमा चेतना फैलाउन सके महिला मृत्युदर कम गर्न सकिने उनले बताए ।

लायन्स क्लब अमरबुद्ध द्धारा स्तन क्यान्सर सम्बन्धि परिक्षण
लायन्स क्लब अमरबुद्ध द्धारा स्तन क्यान्सर सम्बन्धि परिक्षण

स्तन क्यान्सर शुरुकै अवस्थामा निदान गरेर उपचार गर्न सके पूर्ण निको हुने भन्दै सचेतना मुलक कार्यक्रमको आवश्यकता रहेको औल्याए । प्रधुम्म पनेरु उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले संगठित महिला क्लबले ग्रामिण भेगका महिलालाई लक्षित गरी ल्याएको स्वास्थ्य कार्यक्रम निकै प्रभावकारी भएको बताए । उनले ग्रामिण भेगका महिलामा कार्य व्यस्तता र स्वास्थ्यमा पहुँच हुन नसक्दा रोग पालेर बस्न बाध्य भएको बताए ।

डाक्टर रिति फुँयालले क्यान्सर रोग जटिल रोग भएकाले समयमै ध्यान दिन सके यसबाट बच्न सकिने बताइन् । उनले स्तनमा क्यान्सर भए नभएको आफै पनि जाँच गरेर पत्ता लगाउन सकिने भन्दै आफ्नो स्वास्थ्यकोलागि हरेक महिला आफैंले विशेष ध्यान दिनु पर्ने बताइन् । फुँयालले क्यान्सरको प्रकार र रोकथामको उपायको बारेमा समेत प्रशिक्षण दिएकी थिइन् ।

त्यसैगरी अर्बुद रोग निवारणका कार्यक्रम संयोजक नारायाण पराजुलीले स्तन क्यान्सर हुन सक्ने कारणहरु, विभिन्न चरण, लक्षण र रोकथामको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा १ सय २० जना महिलाको स्तन क्यान्सरको परिक्षण गरिएको र झण्डै ३५ जनालाई अस्पतालमा रिफर गरीएको कार्यक्रम संयोजक शान्ता थापाले जानकारी दिइन् । क्लबका अध्यक्ष गोमा क्षेत्रीको सभाध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष शारदा गौतम गरेकी थिइन् भने संचालन सचिव निर्मला कार्की भण्डारीले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...