बसमा युवतीलाई सामूहिक बलात्कार, चार जना पक्राउ

इटहरी, १४ असोज / सोमबार राति करिब १० बजेको समयमा इटहरीमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

धरानबाट विराटनगर जाँदै गरेको को १ ख ४६२७ नम्बरको खाम्दाके यातायातका सहचालक नितेश घिमिरे, सुमन मग्रान्ती र आशिष कार्कीले बसभित्रै इटहरी १० स्थित साथी पेट्रोल पम्प नजिकै जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले संलग्न मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नं. १२ का ३३ वर्षीय विकास कसाई, झापा सुरुङ्गा नगरपालिका ४ बस्ने २२ वर्षीय सुरज थापा, सिरहाको लहान नगरपालिका ४ बस्ने २७ वर्षीय सुरेन्द्र भुजेल, मोरङ बेलबारी ७ बस्ने आशिष कार्कीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

त्यस्तै, सुमन मग्राती र नितेश घिमिरे फरार रहेकाले उनीहरुको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । असोज १३ गते बेलुका धरानबाट विराटनगरतर्फ छुटेको बसले इटहरी तथा त्यसपूर्व जाने यात्रुहरू बोकेको थियो ।

इटहरी आएपछि चोकमा यात्रु उर्तायो । धरान घर भएकी युवती बेलबारी आफन्तको घर हिँडेकी थिइन् । बस विराटनगर हिँडेको हुनाले त्यहीँ ओर्लिन खोजिन् । अन्तिम सिटमा बसेकी ती २२ वर्षीया किशोरीलाई भने बसका कर्मचारीले ओर्लिन नदिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...