पोखराका विमल सुबेदी एनआरएनए कोरियाका महासचिव पदका उम्मेदवार

कोरिया, ४ असोज/ पोखराका डा. विमल सुबेदी एनआरएनए कोरियाका महासचिव पदका उम्मेदवार दिएका छन् । उनले क्षमतालाई प्रयोग गरि एनआरएन कोरियालाई सृदृढ गराउने उद्देश्यका साथ उम्मेदवारी दिएको उनले बताए ।

उनले कोरियामा सोनसिकको अध्यक्ष भइ संस्था दर्ता गरेर गरेको कार्य, महाभुकम्पबाट भत्किएका ६ वटा विद्यालय पुननिर्माणमा नेतृत्व, आर्थिक पारदर्शिताको लागि बैंक खाताको शुरुवात गरेर काम गरेको अनुभव रहेको बताए । उनले सोनसिकको अध्यक्ष र एनआर एनको प्रवक्ता हुदाँ आफूले क्षमता देखाईसकेको हुदा कोरियाको नेपालीले विश्वास गर्ने आधार बलियो रहेको बताए ।

कोरियामा पिएचडी गरेका डा.सुवेदी एनआरएन कोरियाका आशालाग्दो उम्मेदवार हुन ।
उनले एनआरएनए कोरियाको संरचना सुधार, मजदुर मैत्री एनआर एन, समावेशी एनआरएन कोरिया बनाउने उनले बताए ।

 

कमेन्टहरु
Loading...