विमलले भने -आजसम्म देशको लागि लडें, अब बहिनीको लागि लड्छु

काठमाडौ, १७ जेठ/नेपाली राष्ट्रिय टोलीका फुटबलर बिमल घर्ती मगरले बहिनी मनिषाको हत्या नै भएको दाबी गरेका छन्।
विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार स्टाटस लेख्दै बहिनीको हत्या भएको भन्दै दोषिलाई कारबाही गर्न माग गरेका छन्।

‘मैले देशको लागि कति गरेँ तर मेरो घरमा यस्तो हुँदा सरकारले केहि गरेन भने यो देशको लागि गरेर के काम’ उनले भनेका छन्। ‘मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारबाही भएन भने यो देशको लागि के गर्नू।’ उनले सानै उमेरमा आफूले बाबु गुमाएको र अहिले फेरि बहिनी गुमाउनुपर्दा निकै पीडाबोध भएको बताएका छन्।

आज म रोइरहेको छु, भोलि अरू कोही रुनेछन्। मलाई सबको साथ चाहिएको छ, म देशको लागि लडेँ अब बहिनीको लागि लड्छु।’ मनिषा मृत्युको पोष्टमार्टम रिपोर्ट झुण्डिएको भन्ने आइसकेको तथा हत्याको आशंकामा प्रहरी नियन्त्रणमा रहेका आशिष चौधरीमाथि गरिएको पोलिग्राफ परीक्षणमा समेत घटनामा उनी संलग्न नभएको पुष्टि भइसकेको अवस्थामा बिमलले यस्तो बताएका हुन् ।

कमेन्टहरु
Loading...