भदौरेको ठुलाखेतमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, ६ भदौ/नेपाल रेडक्रस सोसाइटी भदौरे उपशाखाको आयोजनामा भदौरेमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ५० जनाले स्वास्थ्य लाभ लिएका छन् ।

भदौरेको ठुलाखेतमा निःशुल्क स्वास्थ्य शिविर
भदौरेको ठुलाखेतमा निःशुल्क स्वास्थ्य शिविर

कार्यक्रमका प्रमुख अतिथी रेडक्रस कास्कीका सभापति वामदेव ढुङ्गानाले ८४ वर्षिय पुर्णकला चापाँगाईलाई प्रिस्क्रिप्सन प्रदान गरि शुभारम्भ गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुङ्गानाले हरेक विपत्तिमा रेडक्रसले साथ दिदै आएको बताउदै सामाजिक कार्यमा लाग्न आग्रह गर्नुभयो ।

रेडक्रस २,३ उपशाखाका सभापति खगेन्द्र पराजुलीले निशुल्क स्वास्थ्य शिविरले स्थानीयको स्वास्थ्य समस्याबारे थाहा हुने भएकाले आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उपशाखाका सभापति भुवानीप्रसाद अधिकारीकोे अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णुृ भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको संयोजन हरिप्रसाद पौडेलले गर्नुभएको थियो भने प्राविधिक सहयोग नमस्ते हस्पिटल र रिमोट हेल्थ सेन्टरले गरेको थियो ।

कमेन्टहरु
Loading...