भानु्भक्तमा ‘कानुनीशिक्षा’ सम्बन्धी सचेतना कार्यक्रम

कानुनी राज्यको स्थापना गर्न जिम्मेवार नागरिकको आवश्यकता ः पूर्व महान्याधिवत्ताडा. संग्रौला

पोखरा, २१ जेठ /पूर्व महान्याधिवक्ता प्रा. डाक्टर युवराज संग्रौलाले दण्डहिनताको अन्त्य गर्दै कानुनी राज्यको स्थापना गर्न जिम्मेवार नागरिकको आवश्यकता पर्ने बताएका छन । भानु्भक्त आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको ‘कानुनीशिक्षा’ सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै डा. सग्रौलाले नागरिक जिम्मेवार बन्न हरेकले कानुन जान्नु अपरिहार्य रहेको बताएका हुन ।

विद्यालयले यसै शैक्षिक सत्रबाट कानुनी संकायको सुरुवात गर्नु प्रसंसनिय रहेको भन्दै उनले भने, ‘ प्लस टु तहमा कानुन संकायको अध्यापनन हुँदा न्याय सेवाका राजपत्र अनङ्कित श्रेणीमा कानुनी पृष्ठभुमी नभएका जनशक्ति भर्ना गर्दा न्याय सम्पादनमा समेत प्रभाव परिरहेको अवस्थाको समाधान हुने महशुस भएको गरेको छु ।’

यसैलाई सम्बोधन गर्न लोक सेवा आयोगले न्याय सेवाका कर्मचारीको पदपूर्तिका लागि कानुनमा दश जोड दुई तह उर्तिण गरेका जनशक्ति बाटै गर्ने योजना बनाएको छ, जसले कानुनका विद्यार्थीहरुलाई रोजगारीको सम्भावना समेत बढेको छ ।उनले विद्यालयलाई आफ्नो तर्फबाट हुने सहयोगका लागि प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रमम प्याब्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद सुबेदी, पोखरा मल्टिमोडल क्याम्पसका प्राचार्य कृष्ण के.सी., कानुन विषयका विद्यार्थी सुदीप राज घिमिरे, सुनीता गुरुङ लगायतले कानुनी शिक्षाको महत्वको बारेमा स्पष्ट पारेका थिए । पोखराको सिमपानीमा रहेको विद्यालयले यसै वर्षदेखीकक्षा ११ र १२ मा कानुन संकायको अध्यापन गराउने गरि स्विकृति लिएको संस्थापक प्रध्यानाध्यापक दिनेश कुमार लामिछानले जानकारी दिए ।

गण्डकी प्रदेशमा नै निजी क्षेत्रबाट पहिलो पटक विद्यालयले कानुन संकायको अध्यापन सुरुवात गर्न लागेको प्रध्यानाध्याक लामिछानेले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कानुन संकायक संयोजक प्रदिप अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...