सविधानको कमा र फुलिस्टप पनि परिर्वतन हुदैन – उपाध्यक्ष गौतम

सागर राज तिमिल्सिना
पोखरा, २८ साउन/नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधानको पुर्णरुपमा कार्यान्यन नभए सम्म एउटा धारा त के संविधानमा भएको कमा र फुलिस्टप पनि संसोधन गर्न नदिने बताएका छन् । प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गौतमले अहिले संविधानको संसोधनको कुरा उठिरहेको बताउदै उनले संविधानमा भएको कमा र फुलिस्टप पनि संसोधन नदिने बताए ।

सविधानको कमा र फुलिस्टप पनि परिर्वतन हुदैन – उपाध्यक्ष गौतम
सविधानको कमा र फुलिस्टप पनि परिर्वतन हुदैन – उपाध्यक्ष गौतम

संविधानमा केहि संसोधन गर्नु पर्नेछ तर एमालले संविधानको पुर्ण कार्यान्यन नभए सम्म संसोधन गर्न नदिने बताए । नेपाली काग्रेस, माओवादी केन्द्र र मधेषी दल बिच भएको संविधान संसोधनको सहमति प्रति लक्ष्ति गर्दै उनले संसदमा संविधान संसोधनका लागि प्रस्ताव पेस भएमा त्यसको विपक्षमा एमाले उत्रने बताए ।

संविधानले निधारण गरेका ७ प्रदेशमा पनि कुनै पनि प्रदेशको एक इन्च जमिन दायाँ बायाँ गर्न नदिने बताए । उनले देशलाई टुक्राउन र विखण्डन गर्ने गरी प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने बताए । पुर्व गृहमन्त्री समेत रहेका गौतमले नेपालमा कार्यकारी राष्ट्रपतिय शासन आवश्यक रहेको बताए ।

उनले एमाले अब कार्यकारी राष्ट्रपतिय शासनको पक्षमा रहेको बताउदै अबको ५÷७ बर्षमा कार्यकारी राष्ट्रपतिय शासन सुरु हुने उनको दावी थियो । गौतमले अहिलेको सरकार काम चलाउ मात्रै भएको टिपणी गरे । उनले यो सरकार देशलाई धरासाही बनाउनका लागि गठन भएको आरोप लगाउदै राष्ट्रिय हितको काम गर्न नसक्ने बताए ।

कमेन्टहरु
Loading...